Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • एनआरएनए ‘डे’मा खेलाडी र प्रशिक्षकलाई सम्मान

    एनआरएनए ‘डे’मा खेलाडी र प्रशिक्षकलाई सम्मान

    अनलाइन नेपाल
  • मंगलबार, २६ असोज २०७८
  • 1.9K
    SHARES

    काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्पोर्ट्स एकेडेमीले टोकियो ओलम्पिकमा सहभागिता जनाएका खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको छ ।

    एनआरएनए स्पोर्ट्स एकेडेमीले सोमबार गैरआवासीय नेपाली दिवस २०२१ को अवसर पारेर टोकियो ओलम्पिक र पारालिम्पिकमा सहभागिता जनाएका खेलाडी तथा प्रशिक्षकलाई सम्मानपत्रले सम्मानित गरेको हो । सोही अवसरमा राष्ट्रिय खेलकुद परिषदका कार्यकारी सदस्य एकेन्द्र कुँवर र राखेपका सदस्य सुवाश श्रेष्ठलाई समेत सम्मान गरिएको थियो ।



    टोकियो ओलम्पिकमा नेपालले चार खेल (एथलेटिक्स, पौडी, जुडो र सुटिङ) मा ५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पारालिम्पिकमा एक मात्र खेलाडीका रुपमा पारा तेक्वान्दा खेलाडी पलेशा गोबद्र्धनले भाग लिएकी थिइन । एथलेटिक्सबाट सरस्वती चौधरी, जुडोबाट सोनिया भट्ट, सुटिङबाट कल्पना परियार, पौडीबाट महिलामा गौरिका सिंह र एलेक्स शाह रहेका थिए ।
    प्रशिक्षकमा एथलेटिक्साट सन्तोष श्रेष्ठ, जुडो प्रशिक्षक सूर्य नारायण श्रेष्ठ, पौडी प्रशिक्षक शंकर कार्की र सुटिङका प्रशिक्षक असिम यादव सम्मानित भएका हुन । यस्तै पारालिम्पिक खेलाडी पलेशा र उनका प्रशिक्षक कविराज नेगी लामा सम्मानित भए ।



    ३ नेपालको राष्ट्रिय फुटबल टिम लाई राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा प्रसिद्ध पुराउन गरिएको योगदानको उचित मुल्यांकन गर्दै नेपाल फुटबल (एएनएफए) का अध्यक्ष कर्म छिरिङ पनि सम्मानित भए ।
    खेलाडी तथा प्रशिक्षकलाई एनआरएनएका अध्यक्ष कुमार पन्त, कार्यक्रमका प्रमुख अथिती संयोजक तथा पूर्व अध्यक्ष भवन भट्ट,कार्यक्रमका सभापती मध्यपुर्ब उप-संयोजक तथा खेलकुद प्रतिष्ठानका व्यबस्थान प्रमुख मनोज गोर्खाली लगायतले सम्मानित गरे । कार्यक्रममा वरिष्ठ खेल पत्रकार श्याम चित्रकार र निरन्जन राजवंशीलगायत विभिन्न खेलका खेलकर्मी तथा प्रशिक्षकहरु पनि सम्मानित भए ।

    सोही अवसरमा उसु, जुडो, कराते र तेक्वान्दोका खेलाडीले आ आफ्नो खेल कौशल प्रदर्शन गरेका थिए । एनआरएनए स्पोर्टस् एकेडेमीले नवौं राष्ट्रिय खेलकुदको तयारीलाई मध्यनजर राख्दै निकट भविष्यमा नै कराते प्रतियोगिता आयोजना गर्ने भएको एनआरएनए स्पोर्टस् एकेडेमीका सदस्य सचिब धर्मराज गिरीले जानकारी दिए  ।

    कार्यक्रमको सभाहलमा गैरआवासिय नेपाली संघका केन्द्रिय महिला उपाध्यक्ष रबिना थापा, सचिब आरके शर्मा, सह कोषाध्यक्ष लोक दाहाल, प्रबक्ता डिबी क्षेत्री , आईसिसि।सदस्य द्वोय, कुल आचर्य,टि।बि।कार्की,एसिया प्यासिफिकका महिला सम्योजक अमृता थापा,मध्यपुर्बका युवा संयोजक राज रेग्मी, आईसिसी सदस्य प्रदिप न्यौपाने,एनसिसी चाईनाका अध्यक्ष रोहित अग्रवाल, सस्थापक सचिब चिरन्जिबी ढकाललगायत धेरै अभियन्ताहरुको सहभागिता थियो।

    भर्चुअल जुमको माध्यमबाट नेदरल्यान्डबाट युवा संयोजक हिमाल गुरुङ, कतारबाट मध्यपुर्ब संयोजक तथा स्पोर्ट्स एकाडेमिका ब्यबस्थापन मेनेजर प्रबिन गुरुङ,मकाउ बाट सान्तीदेबि अधिकारी र हङकङबाट स्पोर्ट्स एकेडेमीका ब्यबस्थापन मेनेजर चेतन गुरुङले पनि आ- आफ्नो धारणा राखेका थिए।

    चेतन गुरुङलगायत सबैले मन्तब्य राख्दै सम्मान ग्रहण गर्ने सबैलाई हार्दिक बधाईका साथै  नेपालीहरुको महान चाड बिजय दशमीका अबसरमा शुभकामना पनि दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार