Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • ११ लाखको चेक बाउन्स मुद्धाका फरार सिंह पक्राउ

    ११ लाखको चेक बाउन्स मुद्धाका फरार सिंह पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ४ कार्तिक २०७८
  • 2.3K
    SHARES

    काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अदालतबाट ४ दिन कैद र ११ लाख जरिवाना भएका एक जनालाई पक्राउ गरेको छ ।

    सिआइबीले बैंंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले ११ लाख जरिवाना गरेपछि फरार रहेका महोत्तरी भगाहा-३ घर भई भक्तपुर सुर्यविनायक-८ सिपाडोल बस्ने ४५ बर्षीय रामनाथ सिंहलाई बुधबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।



    सिआइबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको विसं २०७७ माघ २० गतेको फैसलापछि चार दिन कैद र बिगोबमोजिम रु ११ लाख जरिवानापछि फरार रहेका सिंहलाई कमलपोखरीबाट पक्राउ गरिएको जानकारी दिए ।



    पक्राउ परेका सिंहले आफ्नो प्रभु बैंकको खातामा पर्याप्त मौज्दात रकम नहुँदा नहुँदै विभिन्न व्यक्तिलाई झुक्यानमा पारेर पैसा नभएको चेक दिइ बैंकिङ कसुरजन्य अपराध गरेका थिए ।

    उच्च अदालतले उनलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम फैसला सुनाएको थियो । पक्राउ परेका सिंहलाई फैसला कार्यान्वयनका लागि आज काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको प्रवक्ता महतोले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार