Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • ओलीले हावादारी गफ र उखान टुक्कामार्फत् गिनिज बुकमा नाम लेखाउँछन्: बाबुराम भट्टराई

    ओलीले हावादारी गफ र उखान टुक्कामार्फत् गिनिज बुकमा नाम लेखाउँछन्: बाबुराम भट्टराई

    अनलाइन नेपाल
  • शुक्रबार, ५ कार्तिक २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका गिनिज बुक रेकर्ड साझा गरेका छन् ।

    बुधबार एमाले अध्यक्ष ओलीले गिनिज बुक आधा त आफूहरुले गरेको कामले भरिने अभिव्यक्ति दिएपछि बाबुरामले व्यंग्यात्मक रुपमा चित्रण गर्दै ओलीका गिनिज बुक रेकर्ड साझा गरेका हुन्।



    पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जालमार्फत् ओलीका गिनिज बुक भन्दै पाँच वटा बुँदा उल्लेख गरेका छन् ।



    उनले ट्वीटरमा लेखेका छन्-‘ओलीको गिनिज बूक रेकर्ड- १. २/२पटक असंवैधिक ढंगले संसद विघटन र अदालतबाट पुनर्स्थापना; २.संघमा२/३बहुमतको सरकार र ६वटा प्रदेश सरकार गुमाएर सडकमा ३.सरकारी निवासमा विदेशी गुप्तचरसंग घण्टौं कानेखुसी ४.मुखमा कम्युनिष्ट मनमा ठोरीवाला राम ५.हावादारी गफ र उखान टुक्कामा ताली लाउने अरिंगाल सेना !’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार