Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • अर्को गौर–टीकापुर घटना दोहोर्याउन जसपाले घुसपैठ गरेको सिके राउतको आरोप

    अर्को गौर–टीकापुर घटना दोहोर्याउन जसपाले घुसपैठ गरेको सिके राउतको आरोप

    अनलाइन नेपाल
  • शनिबार, ६ कार्तिक २०७८
  • 2.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले आफूहरुको आन्दोलनमा जनता समाजवादी पार्टी (जसपा) नेपालले घुसपैठ गरी गौर–टीकापुरजस्तै घटना गराउने योजना बनाएको आरोप लगाएको छ ।

    जनमत पार्टीले जसपा नेपालका धनुषा अध्यक्ष पशुपति यादव र युवा नेता नविन यादवलाई त्यसको लागि खटाइएको अडियो प्रमाण आफूहरुसँग रहेको समेत दावी गरेको छ । उक्त अडियो टेप प्रमाणको रुपमा प्रहरीलाई बुझाइएको पार्टीका नेता दीपक साहले बताए ।



    जनमत पार्टीको फेसबुकमा लेखिएको छ, ‘२०७८ कात्तिक ५ गते शुक्रबार जसपाको धनुषा बैठकबाट आधिकारिक रूपमा नै निर्णय गरिएको छ, सीके राउतको कार्यक्रममा जसपाले आफ्नो २०–२५ लठैतलाई पठाउने र प्रहरीमाथि ढुंगामुढा तथा भयावह आक्रमण गर्ने । गौर–टीकापुर जस्तै घटना घटाउने, दोष जनमत पार्टीलाई लगाउने ।’



    सिके राउतको सचिवालयले यस घटनामा प्रदेश २ मुख्यमन्त्री कार्यालय र स्वकीय सचिवको पनि संलग्नता रहेको आरोप लगाएको छ ।

    जनकपुरमा कर्मचारीमाथि गरेको व्यवहारलाई भने सो पार्टीले ‘जनताले गरेको कारवाही’ भनेको छ । यसमा कुनै पार्टी वा व्यवसायी विशेषविरूद्ध नरहेको दावी समेत सचिवालयले गरेको छ ।

    बिहीबार जनकपुरस्थित खानेपानी डिभिजन कार्यालयका कार्यालय प्रमुख जागेश्वर कुशवाहामाथि गरेको कारवाहीमा आम जनतालगायत अन्य पार्टीहरूको पनि संलग्नता रहेको दावी सचिवालयले गरेको छ । तर जसपा र त्यसका भातृसंगठनहरूले भने लगातार जनमत पार्टीको सचिवालय र कार्यक्रमहरूमा आक्रमण गर्दै आएको आरोप जनमत पार्टीले लगाएको छ ।

    यता, जसपा धनुषाका अध्यक्ष पशुपति यादवले जनमत पार्टीले लगाएको आरोपलाई निराधार भएको बताउँदै भने–‘कर्मचारी तथा जनप्रतिनिधिमाथि जुन गुण्डा शैलीमा आक्रमण गर्ने काम सिके राउतको पार्टीले गर्ने गरेको छ, त्यो आपत्तिजनक हो । यसको हामीले विरोध गरेका हौं ।’

    अध्यक्ष यादवले जनकपुरधाम उपमहानगरपालिका मेयर लालकिशोर साहमाथि पनि सिके राउतका कार्यकर्ताहरूले जनकारवाही गर्ने योजना बनाइरहेको सूचना प्रहरीमार्फत आफूसमक्ष आएको दाबी गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार