Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने जसपाको निर्णय

    प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने जसपाको निर्णय

    अनलाइन नेपाल
  • मंगलबार, २९ फाल्गुन २०८०
  • 291
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टी जसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको पक्षमा मतदान गर्ने निर्णय गरेको छ।

    सिंहदरबारमा जसपा संसदीय दलको बैठकले सरकारको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।



    बैठकमा जसपा नेपालको संसदीय दलले आफ्ना सांसदहरुलाई सरकारको पक्षमा मतदान गर्न हृवीपसमेत जारी गरेको छ ।



    प्रधानमन्त्री प्रचण्डले बुधबार प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् ।

    प्रधानमन्त्री ले संविधानको धारा १०० (२) अनुसार प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् । कांग्रेसले फागुन २२ मा दाहाल सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार