Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • फोहोर व्यवस्थापनमा आलटाल गरेको भन्दै वडाध्यक्षहरु मिलेर मेयरको घर अगाडि थुपारे फोहोर

    फोहोर व्यवस्थापनमा आलटाल गरेको भन्दै वडाध्यक्षहरु मिलेर मेयरको घर अगाडि थुपारे फोहोर

    अनलाइन नेपाल
  • आइतबार, १४ कार्तिक २०७८
  • 1.8K
    SHARES

    रामनारायण यादव / जनकपुरधाम । सडकमा थुप्रिएको फोहोर उठाउँन चासो नदिएको भन्दै जनप्रतिनिधिहरुले नै जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको घर अगाडि फोहोर थुपारेका छन् ।

    फोहोर व्यवस्थापनमा ध्यान नदिएको भन्दै जनप्रतिनिधिहरुले नै नगर प्रमुख साहको घर अगाडी फोहोर थुपारेका हुन् ।



    हिन्दुहरुको महान चाड दीपावली नजिकिए पनि उपमहानगर भित्रको फोहोर व्यवस्थापन नगरिएको भन्दै जनकपुरधाम उपमहानगरकै केही वडाध्यक्षहरुले नै फोहोर नगरप्रमुख लालकिशोर शाहको घर अगाडी थुपारेका हुन् ।



    ड्म्पिंग साइटको अभावमा उपमहानगर भित्रको फोहोर दीपावली नजिकिए पनि उठ्न नसकेपछि स्थानीयमा आक्रोश देखिएपछि नगरप्रमुखले फोहोर व्यवस्थापनमा असहयोग गरेकाले त्यो आक्रोश जनप्रतिनिधिमा समेत देखिएको छ ।

    जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष शत्रुधन साह, वडा नम्वर ३ का वडाध्यक्ष दिपेन्द्र साह, वडा नम्बर ४ का वडाध्यक्ष सुदर्शन सिंह र वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहको नेतृत्वमा युवाहरुको टोलीले फोहोर थुपारेका हुन् ।

    ट्रैक्टरमा फोहोर संकलन गरेर वडाध्यक्ष जानकीराम साह आफै ट्रैक्टर चलाएर नगरप्रमुखको घरसम्म फोहोर पुर्याएका थिए ।

    फोहोर व्यवस्थापनका लागि नगर प्रमुख साहले चासो नदेखाएको, फोहोर व्यवस्थापनका लागि उपमहानगरले ट्रैक्टरसम्म उपलब्ध नगराएकोले बिरोध स्वरुप नगरप्रमुखको घर अगाडि नै फोहोर थुपार्नु परेको वडा नम्बर ४ का वडाध्यक्ष सुदर्शन सिंहले बताए ।

    यद्यपि आफ्नो वडामा आफै सरसफाइ गरेर फोहोर व्यवस्थापन गर्न लागेको वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार