Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • अमेरिकालाई चुनौती दिँदै चीनले  पानीभित्र खतरनाक हतियारको प्रयोग गर्‍यो

    अमेरिकालाई चुनौती दिँदै चीनले  पानीभित्र खतरनाक हतियारको प्रयोग गर्‍यो

    अनलाइन नेपाल
  • आइतबार, १४ कार्तिक २०७८
  • 2.3K
    SHARES

    एजेन्सी।  चीनले  पानीभित्र खतरनाक हतियारको प्रयोग गरेर लक्षित बन्दरगाहलाई पूर्ण रुपमा ध्वस्त पारेको छ । चीनको सरकारी मिडिया ग्लोबल टाइम्सका अनुसार यो हतियार युद्धको स्थितिमा अमेरिकाविरुद्ध प्रयोग गर्न सकिने छ ।

    बेइजिङको सेनाले शनिबार चीनमा एक अज्ञात स्थलमा डमी बन्दरगाहलाई नष्ट गर्नको लागि पानीभित्र यो हतियारको प्रयोग गरेको थियो ।



    पानीभित्र प्रयोग गरेर गुप्त हमलाबाट यो हतियारको प्रयोग गरेर अमेरिकी विमानवाहक जस्ता ठूला जहाजलाई पनि कमजोर गर्न सकिने ग्लोबल टाइम्सले दाबी गरेको छ ।



    यो चिनियाँ सैन्य हतियारहरुको परीक्षणको एक नयाँ सिरिज भएको दाबी गरिएको छ।  गत हप्ता एक उपग्रहको प्रक्षेपण पनि गरिएको थियो । यो परीक्षणका कारण अमेरिकाले अन्य अन्तरिक्ष यानमाथि आक्रमण गर्ने चेतावनी दिएको छ ।

    ग्लोबल टाइम्सको दाबी अनुसार यो हतियार विकास भएसँगै यसको सम्भावित हमलाबाट बच्नको लागि अमेरिकाले आफ्नो सेनालाई एक स्थानमा केन्द्रित गर्नुको सट्टा साना स्थानबीच विभाजित गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार