Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • यी हुन् ती मोडल जसले जेलका सुरक्षा गार्डलाई उत्तेजक पारेर आफ्नी आमालाई भगाइन्

    यी हुन् ती मोडल जसले जेलका सुरक्षा गार्डलाई उत्तेजक पारेर आफ्नी आमालाई भगाइन्

    अनलाइन नेपाल
  • सोमबार, १५ कार्तिक २०७८
  • 1.6K
    SHARES

    एजेन्सी । कोलम्बियाली मूलकी एक मोडलले जेलका सुरक्षा गार्डको अगाडि उत्तेजक हर्कत गरेर जेलमा थुनिएकी आफ्नी आमालाई भगाउन सफल भएकी छिन् ।

    द सनका अनुसार इन्स्ताग्रामकी मोडल भिक्टोरिया मेरलानो पहिले जेलका सुरक्षा गार्डको अगाडि उत्तेजक हर्कत गरेर गार्डलाई भुलाइन् र डोरी र बाइकको सहाराले आफ्नी आमालाई भगाएकी थिइन् ।



    यसको लागि उनले आफ्नो सुन्दरताको सहारा लिइन् । अदालतमा मुद्दाको सुनुवाइको क्रममा मोडलमाथि उनले पूर्व राजनेता एडा मेरलानो रेबोलेडोलाई बोगोटा जेलबाट भाग्न सहयोग गरेको आरोप लगाइएको छ ।



    रिपोर्टअनुसार जेलको तेस्रो तलाको झ्यालबाट बाहिर निस्किएर डोरीको उपयोग गरेर ती मोडलकी आमा जमिनमा ओर्लिइन् त्यसपछि त्यहाँबाट फरार भइन् । मोडलकी आमा मेरलानो रेबोलेडो सिनेटर थिइन् ।

    २०१९ मा उनलाई चुनाब जित्नको लागि अवैध हतियार, मतदाताको घोटाला र भ्रष्टाचारको मामिलामा दोषी ठहर गरेर जेलमा हालिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार