Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • ओलीलाई रेणुको काउन्टर: हामीले साथ छाड्दा सबै गर्ल्यामगुर्लुम ढल्यो त

    ओलीलाई रेणुको काउन्टर: हामीले साथ छाड्दा सबै गर्ल्यामगुर्लुम ढल्यो त

    अनलाइन नेपाल
  • मंगलबार, १६ कार्तिक २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पुत्री रेणु दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई काउन्टर जवाफ फर्काएकी छिन्।

    सोमबार चितवनमा आयोजित एक कार्यक्रममा ओलीले विगतमा आफूले प्रचण्डका लागि दुई दुई पटक भोट माग्नु परेको तर अब त्यस्तो गल्ती नगर्ने बताएका थिए ।



    ओलीको उक्त भनाइलाई भरतपुरकी मेयर समेत रहेकी दाहालले सामाजिक संजालमार्फत माओवादी केन्द्रकै सहयोगमा ओली दुई पटक प्रधानमन्त्री भएको र उनले पछि ठूलो कुरा गर्दै हिँडेको उल्लेख गरेकी छिन्।



    ‘इतिहासमा दुई पटक प्रधानमन्त्री माओवादी कै सहयोगमा भएकाले ठुला कुरा नगरेकै बेस होला’, दाहालले ओलीप्रति कटाक्ष गर्दै फेसबुकमा भनेकी छन् ।उनले विगतमा ओलीको लागि भोट माग्दै प्रचण्ड झापासम्म पुगेको स्मरण गर्दै दाहालले सोही बेला आफ्नो भाइ गुमाउनु परेको समेत बताएकी छिन् ।

    दाहालले यस्तो परिस्थितिबाट माओवादीसँगको सहकार्यले मात्र ओली प्रधानमन्त्री बनेको जिकिर गरेकी छिन् । ‘झन्डै दुई तिहाईको सरकार के ओली एक्लैले ल्याएको हो ? हो भने हामीले साथ छोडिदिँदा त सबै गर्ल्यामगुर्लुम ढल्यो त। धेरै नै फुर्ती लाउनेले अब बनाएर देखाए भो त।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार