Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • जनताको वाचा पुरा गर्दै मेयर रेनु, नयाँ घर पाएकोमा मुसहर समुदाय हर्षित

    जनताको वाचा पुरा गर्दै मेयर रेनु, नयाँ घर पाएकोमा मुसहर समुदाय हर्षित

    अनलाइन नेपाल
  • बुधबार, २२ मंसिर २०७८
  • 2.2K
    SHARES

    चितवन । नयाँ घर पाएपछि चितवनको मुसहर समुदायमा खुशी छाएको छ । भरतपुर महानगरपालिकाले वडा नम्बर २७ र २८ का ६ घर परिवारलाई नयाँ घर बनाएर हस्तान्तरण गरेपछि उक्त परिवारमा खुशीयाली छाएको हो ।

    नयाँ घर पाएपछि सुनिता मुसहरले घरविहीन भएका आफुहरुले घर पाउँदा खुसी भएको बताइन् । ‘बस्ने टहरासमेत राम्रो थिएन, आज धेरै खुसी छु मेयर रेणु दाहाल भगवान बनेर आउनुभयो, घर बनाइदिनुभयो,’ उनले भनिन्।



    टुलिय मुसहरले पनि घर पाएकोमा खुसी व्यक्त गरिन् । उनले भनिन्, ‘पहिला कस्तो दुखमा बसेका थियौँ अहिले धेरै राम्रो भएको छ खुसी लागेको छ ।’ यस्तै, दीपक मुसहरले माछा मारेर भएपनि विहान बेलुका पेट पाल्ने गरे पनि बस्ने घर नहुदाँ थप कष्टकर जीवन बिताउन परेको बताए ।



    भरतपुर महानगरपालिकाले आवास कार्यक्रम अन्तर्गत २०७७÷२०७८ को बजेटबाट वडा नं २७ र २८ मेघौली ददेनीको मुसहर वस्तीमा नवर्निमित सामुहिक आवास हस्तान्तरण गरिएको हो ।

    हस्तान्तण कार्यक्रममा बोल्दै मेयर रेणुले चुनावी अभियानकै क्रममा यहाँको मुसहरको दयनीय अवस्था देखिपछि आफुले जनताको आधारभुत आश्यकता अनुसार घर बनाइदिने अठोट लिएको बताइन् । सोही प्रतिवद्धताअनुसार आज काम पुरा भएको र घर हस्तान्तरण गर्न पाउदा निकै खुसी लोगेको बताइन् ।

    ‘यहाँ आउँदाखेरी यहाँका मुसहर बस्तीहरु दयनीय अवस्थामा थियो, माथि खरको छानो त्यसमा पनि पानी चुहिरहेको थियो त्यो अवस्था देख्दा घर बनाइदिनुपर्छ भन्ने लाग्यो,’रेणुले भनिन्, ‘अहिले घर निर्माण गरि हसतान्तरण गर्न पाउँदा आफ्नो प्रतिवद्धता पुरा गर्न पाउँदा खुशी लागेको छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार