Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • बेलायतमा कोरोनाविरुद्धको खाने औषधीलाई प्रयोग अनुमति

    बेलायतमा कोरोनाविरुद्धको खाने औषधीलाई प्रयोग अनुमति

    अनलाइन नेपाल
  • शुक्रबार, १९ कार्तिक २०७८
  • 1.3K
    SHARES

    लन्डन । बेलायत संसारमा कोरोनाविरुद्धको खाने औषधि (गोली) लाई प्रयोगमा अनुमति दिने पहिलो देश बनेको छ ।

    अमेरिकाको औषधि कम्पनी मर्क र रिजब्याक बायोथेराप्याटिक्सको साझा प्रयासमा विकसित गरिएको खाने औषधिलाई बेलायतमा अनुमति दिइएको हो ।



    बेलायतका मेडिसन तथा हेल्थकेयर उत्पादनको नियामक प्राधिकरण एमएचआरएले मोलनूपीरावीर नामको यो औषधिलाई क्लिनिकल डाटाका आधारमा अनुमति दिएको हो । यो औषधि कोराना संक्रमण देखिएपछि संक्रमित भएको पाँच दिनपछि खान सकिने छ ।



    यो संसारमा कोरोनाविरुद्ध खाने औषधिका रुपमा प्रयोगका लागि अनुमति पाउने पहिलो औषधि हो । उता अमेरिकी अधिकारीहरुले यसै महिना यो औषधि प्रयोगका लागि अनुमति दिने वा नदिने विषयमा निर्णय गर्ने बीबीसीले जनाएको छ।

    संसारभर हालसम्म कोरोना संक्रमणबा ५२ लाखभन्दा धेरैको मृत्यु भइसकेको छ । हालसम्म कोरोनाविरुद्धको खोपलाईमात्र अनुमति दिइएको थियो । यसका साथै जीलिएडको एंटी भाइरल औषधि रेमडिसिभीर र जेनेरिक स्टेरायड डेक्सामीथासोनलाई अस्पतालहरुमा उपचारका क्रममा संक्रमितलाई दिने गरिएको छ ।

    गत महिना प्राप्त क्लिनिकल डाटाअनुसार मर्कको औषधि मोलनूपीरावीरले कोरोनाबाट हुने मृत्युलाई आधा गरिदिन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार