Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • शान्ति सेनामा कार्यरत प्रहरी उपरीक्षक डा. मल्ललाई राष्ट्रसङ्घीय पुरस्कार

    शान्ति सेनामा कार्यरत प्रहरी उपरीक्षक डा. मल्ललाई राष्ट्रसङ्घीय पुरस्कार

    अनलाइन नेपाल
  • शनिबार, २० कार्तिक २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा शान्ति सेनामा कार्यरत प्रहरी उपरीक्षक डा.सङ्ज्ञा मल्ललाई ११औँ राष्ट्रसङ्घीय महिला प्रहरी अधिकृत पुरस्कार प्रदान गरिने भएको छ ।

    संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना कार्यालयले एक प्रेस विज्ञप्ति जारी गरी डा.मल्ललाई यही कात्तिक २३ गते महासचिव एन्टेनियो गुटरेसले उक्त पुरस्कार प्रदान गर्ने जनाएको छ ।



    डा मल्ल कङ्गोस्थित शान्ति सैन्यमा स्वास्थ्य तथा वातावरण एकाइका प्रमुख हुन् । उनले राजधानी किन्सासामा उक्त एकाइ स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार