Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • पूर्व सांसद ईच्छाराजविरुद्ध ५ अर्ब ४९ करोड ठगी गरेको भन्दै १,४११ जनाको उजुरी

    पूर्व सांसद ईच्छाराजविरुद्ध ५ अर्ब ४९ करोड ठगी गरेको भन्दै १,४११ जनाको उजुरी

    अनलाइन नेपाल
  • आइतबार, २८ कार्तिक २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । आफन्तका नाममा सहायक कम्पनी खडा गरेर अरबौं रकम हिनामिना गरेका सिभिल समूहका अध्यक्ष तथा पूर्व सांसद ईच्छाराज तामाङ विरुद्ध १४ सय ११ जनाले उजुरी दिएका छन् ।

    एक महिना १० दिनदेखि छानविनका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को हिरासतमा रहेका तामाङविरुद्ध ५ अर्ब ४९ करोड विगो रकम माग भएको छ ।



    तामाङले सञ्चालन गरेको सिभिल सहकारीले विभिन्न व्यक्तिको ८ अर्ब भन्दा बढी रकम ठगी गरेको आरोपमा उनी पक्राउ परेका हुन् । सिआइबीले असोज १८ गते तामाङ, सिभिलि सहकारीका अध्यक्ष तथा उनका मामा ससुरा पर्ने केशवलाल श्रेष्ठसहित १२ जना कर्मचारीलाई पक्राउ गरेको थियो ।



    सिआईबीले तामाङलाई भोली म्याद थप्ने जनाएको छ । उनी विरुद्ध संगठीत अपराध र ठगीमा अनुसन्धान भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार