Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • गुरुनानक जयन्तीले नेपालीमा धार्मिक सहिष्णुतासँगै आपसी सद्भाव र भाइचारा बढाउँछ : प्रधानमन्त्री

    गुरुनानक जयन्तीले नेपालीमा धार्मिक सहिष्णुतासँगै आपसी सद्भाव र भाइचारा बढाउँछ : प्रधानमन्त्री

    अनलाइन नेपाल
  • शुक्रबार, ३ मंसिर २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सिख धर्मावलम्बीकोे विशेष पर्व गुरुनानक जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण सिख धर्मावलम्बीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

    गुरु नानक जयन्तीका अवसरमा उनले शुभकामना सन्देश जारी गरी सिख धर्मावलम्बीले पवित्रस्थल ‘गुरुद्वारा’मा पूजाअर्चाना, भजनकीर्तनका साथ विभिन्न धार्मिक र सामाजिक कार्य गरी मनाइने यस जयन्तीले नेपाली समुदायमा धार्मिक सहिष्णुता कायम गर्दै आपसी सद्भाव र भाइचारा बढाउनेतर्फ प्रोत्साहन मिल्ने उल्लेख गरेका छन् ।



    उनले गुरु नानकले स्थापित गरेका सामाजिक न्यायका मार्गदर्शनको अवलम्बन गर्न सकिएमा समाजमा शान्ति स्थापना भई आपसी सद्भाव, भाइचारा, सहिष्णुताका साथै सामाजिक न्याय प्रगाढ हुने र राष्ट्रिय एकतालाई थप मजबुत बनाउन बल पुग्ने विश्वास व्यक्त गरेका छन् ।



    प्रधानमन्त्री देउवाले समाजमा देखिने विविध प्रकारका विभेदको अन्त्य गर्दै समतामूलक, सभ्य र सुसंस्कृत समाज निर्माण गर्ने सरकारको प्रयासमा थप बल पु¥याउन गुरुनानक जयन्तीले सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वासका साथ शुभकामना व्यक्त गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार