Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • किसान श्रेष्ठलाई हटाएर मेटमणि चौधरीलाई श्रममन्त्री बनाउने सरकारको तयारी

    किसान श्रेष्ठलाई हटाएर मेटमणि चौधरीलाई श्रममन्त्री बनाउने सरकारको तयारी

    अनलाइन नेपाल
  • सोमबार, ६ मंसिर २०७८
  • 1.8K
    SHARES

    काठमाडौँ । सत्तारूढ गठबन्धनले नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीलाई श्रममन्त्री बनाउने तयारी थालेको छ।

    स्रोतका अनुसार रिक्त रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मा वर्तमान श्रममन्त्री किसान श्रेष्ठलाई दिएर उनको ठाउँमा चौधरीलाई ल्याउने तयारी भएको हो।



    केही दिनअघि नेकपा समाजवादीका ध्यक्ष माधव नेपालले एक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई उद्योगमन्त्री आफूहरु दिन तयार रहेको बताएका थिए।



    नेपालको यस भनाइपछि प्रधानमन्त्री देउवा र अध्यक्ष नेपालबीच सहमति भइसकेको स्रोतको दाबी छ । तर, यसबारे सत्ता गठबन्धनका अन्य दलहरुको सहमति भने आइसकेको छैन।

    उद्योग मन्त्रालय यतिबेला खालि छ । पछिल्लो पटकको मन्त्रिपरिषद बिस्तारमा प्रधानमन्त्री देउवाले कांग्रेसको तर्फबाट गजेन्द्र हमाललाई उद्योगमन्त्री बनाएका थिए । तर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट उनलाई मन्त्री बनाइएको भन्दै सर्वत्र आलोचना भएपछि उनले दुई दिनमै राजीनामा दिएका थिए ।

    तर, यसबारे नेता चौधरीले आफूलाई केही थाहा नभएको बताएका छन्। उनले आफू गृहजिल्ला तिरै रहेको र मन्त्री बन्नेबारे आफुलाई कुनै पर्स्ताव नआएको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार