Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • स्थानीय तह निर्वाचनको तयारी शुरु

    स्थानीय तह निर्वाचनको तयारी शुरु

    अनलाइन नेपाल
  • मंगलबार, ७ मंसिर २०७८
  • 2.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारले स्थानीय तह निर्वाचनको तयारी सुरु गरेको छ । पाँच वर्षे कार्यकालका लागि २०७४ वैशाखमा निर्वाचित स्थानीय तहका पदाधिकारीको अवधि आगामी जेठ ५ मा सकिँदै छ ।

    स्थानीय तहको निर्वाचनलाई लिएर आयोगले आन्तरिक तयारी सुरु गरि सकेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गराउन सरकार दृढ रहेको बताए ।



    उनले भने, “स्थानीय तह पुनः पदाधिकारीविहीन त हुने होइन भन्ने सवालमा सरकार सचेत रहेको र लोकतन्त्र तथा लोकतान्त्रिक सङ्घसंस्थालाई जीवन्त राखेर जनतालाई सेवा सुविधा प्रभावकारी रूपमा उपलब्ध गराउन प्रतिबद्ध छौँ ।”



    निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रधानमन्त्री र निर्वाचन आयुक्तहरुसँग भएको छलफल बमोजिम आयोगले आन्तरिक तयारी सुरु गरेको जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर देउवाले कात्तिक दोस्रो साता निर्वाचन आयोगका आयुक्तहरुसँग परामर्श गरेका थिए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार