Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • प्रदेश २ सरकारद्वारा मधेसी शहीद प्रतिष्ठान गठन, घाइतेहरुलाई परिचयपत्र वितरण

    प्रदेश २ सरकारद्वारा मधेसी शहीद प्रतिष्ठान गठन, घाइतेहरुलाई परिचयपत्र वितरण

    अनलाइन नेपाल
  • बिहिबार, ९ मंसिर २०७८
  • 1.5K
    SHARES

    जनकपुरधाम । प्रदेश २ सरकारले मधेसी शहीद प्रतिष्ठान गठन गरेको छ । मधेश आन्दोलन, सशस्त्र द्धन्द र जनआन्दोलनलगायतका आन्दोलनका क्रममा शहीद भएकाको परिवार तथा घाइतेको हकहितका लागि सरकारले मधेसी शहीद प्रतिष्ठान गठन गरेको हो ।

    मधेसी शहीद प्रतिष्ठान निर्देशिका २०७७ र पहिलो संशोधित २०७८ बमोजिम प्रतिष्ठानमा ११ सदस्य रहने व्यवस्था छ । जसमा आन्तरिक मामिलामन्त्री अध्यक्ष, शहीद तथा घाइते परिवारबाट चार जना सदस्य र मुख्यमन्त्री कार्यालयलगायत छ मन्त्रालयका सचिव सदस्य रहने व्यवस्था छ ।



    प्रतिष्ठानको निर्देशिका अनुसार आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले आज प्रतिष्ठानमा दुई जना मधेस आन्दोलन र माओवादी सशस्त्र द्धन्दका दुई÷दुई जना शहीद परिवारका सदस्य गरी चार जनालाई नियुक्त गरेको छ ।



    शहीद परिवारबाट सप्तरीकी कविता कुमारी ठाकुर र रौतहटका सुरेन्द्र जयसवाल तथा मधेस आन्दोलनका शहीद परिवारबाट सर्लाहीका रामनरेश राय यादव र महोत्तरीकी सिम्पीकुमारी साहलाई प्रतिष्ठानमा नियुक्त गरेको छ ।

    चार जना शहीद परिवारबाट सदस्य नियुक्त भएकालाई आज एक कार्यक्रमकाबीच प्रतिष्ठानका अध्यक्षसमेत रहेका आन्तरिक मामिलामन्त्री भरतप्रसाद साहले प्रमाणपत्र प्रदान गरेका छन् ।

    प्रमाणपत्र प्रदान गर्दै मन्त्री साहले शहीद र घाइतेलाई परिचयपत्र वितरण, घाइतेलाई उपचार र तिनका छोराछोरीलाई छात्रवृत्ति लगायतको व्यवस्था अविलम्ब गर्न प्रतिष्ठानका नवनियुक्त सदस्यलाई निर्देशनसमेत दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार