Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • एमाले महाधिवेशनको निम्तो नआएकामा नेपालको प्रतिक्रिया, ‘नजाने गाउँको बाटो नसोध्नु’

    एमाले महाधिवेशनको निम्तो नआएकामा नेपालको प्रतिक्रिया, ‘नजाने गाउँको बाटो नसोध्नु’

    अनलाइन नेपाल
  • बिहिबार, ९ मंसिर २०७८
  • 2.2K
    SHARES

    फाइल फोटो

    सुर्खेत । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले कम्युनिष्ट आन्दोलनबाट पतन भएका कारण आफूहरुले विद्रोह गरेको बताएका छन् ।

    समाजवादी पे्रस सङ्गठन सुर्खेतद्वारा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले एमाले विकृति, विसङ्गति, व्यक्तिवाद र गुटबन्दीमा लिप्त भएकाले आन्दोलन रक्षाका लागि विद्रोह गर्नुपरेको बताए ।



    तत्काल कुनै पार्टीसँग एकता नहुने र पार्टी सङ्गठन निर्माणलाई पहिलो प्राथमिकता राख्ने भन्दै उनले भने, “अन्य पार्टीबाट आउन चाहनेका लागि वार्ता र छलफल भइरहेको छ तर अहिले नै हामी अन्य पार्टीसँग एकता गर्दैनौँ ।”



    एमालेले भोलिदेखि चितवनमा हुन लागेको दशौँ महाधिवेशनमा अतिथि वक्ताका रूपमा बोलाएन, तपाईंको सन्देश के छ ? भन्ने प्रश्नमा उनले भने, “नजाने बाटोका बारेमा नसोधेकै राम्रो ।”

    पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले सर्वोच्च अदालतमा देखिएको विवाद समाधानका लागि उचित निर्णय लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई जिम्मा दिएको बताए ।

    नेकपा (एकीकृत समाजवादी) को कर्णाली प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्न अध्यक्ष नेपाल, महासचिव डा. वेदुराम भुसाल, प्रमेश हमालसहित नेता सुर्खेत पुगेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार