Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कोरोनाको नयाँ भेरिएन्टको नाम ‘ओमाइक्रोन’ राखियो, सतर्क रहन डब्लूएचओको चेतावनी

    कोरोनाको नयाँ भेरिएन्टको नाम ‘ओमाइक्रोन’ राखियो, सतर्क रहन डब्लूएचओको चेतावनी

    अनलाइन नेपाल
  • शनिबार, ११ मंसिर २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । दक्षिण अफ्रिकामा भेटिएको कोरोना भाइरसको नयाँ भेरिएन्टको नाम ‘ओमाइक्रोन’ राखिएको छ। विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले उक्त भेरियन्टलाई ओमाइक्रोन नाम दिएको हो।

    यो भेरिएन्ट तीव्र रूपमा फैलिने र ठूलो संख्यामा उत्परिवर्तित हुने भन्दै डब्लूएचओले सतर्क रहन विश्वलाई चेतावनी दिएको छ। सुरुवाति अनुसन्धानका अनुसार यसबाट संक्रमण फैलिने खतरा बढी रहेको बताइएको छ।



    यो भेरियन्टको भाइरस सबैभन्दा पहिले नोभेम्बर २४ मा दक्षिण अफ्रिकामा पुष्टि भएको थियो। यो भेरिएन्ट बोत्सवाना, बेल्जियम, हङकङ र इजरायलमा पनि देखिएको छ। संक्रमण फैलिन सक्ने भन्दै विश्वका धेरै देशले दक्षिण अफ्रिका जान–आउन प्रतिबन्ध लगाइसकेका छन्।



    बेलायतले ब्रिटिस र आइरिस नागरिकबाहेकलाई दक्षिण अफ्रिका, नामिबिया, जिम्बाब्वे, बोत्सवाना, लेसोथो र इस्वातिनीबाट आउने यात्रुको प्रवेशमा रोक लगाइसकेको छ। अमेरिकाले पनि सोमबारदेखि यी मुलुकका अलावा मोजाम्बिक र मलावीबाट आउने उडान रोक्ने निर्णय गरेको छ।

    दक्षिण अफ्रिकाका सबै प्रान्तमा उक्त भेरिएन्ट भेटिएको छ। यो भेरिएन्टलाई बी.१.१.५२९ नाम दिइएको छ। वैज्ञानिकहरूले कोभिडविरुद्ध हालसम्म बनेका खोप नयाँ भेरिएन्टविरुद्ध प्रभावकारी नहुने भन्दै चिन्ता व्यक्त गरेका छन्। यसले विश्वमा अर्को नयाँ खतरा उत्पन्न हुने आशंका गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार