Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • ओली निकट सचिव न्यौपाने किन जान खोज्दैछन् पर्यटन मन्त्रालय ?

    ओली निकट सचिव न्यौपाने किन जान खोज्दैछन् पर्यटन मन्त्रालय ?

    अनलाइन नेपाल
  • आइतबार, १२ मंसिर २०७८
  • 2.4K
    SHARES

    काठमाडौं । केही मन्त्रालयका सचिवहरुको सरुवा हुने भएको छ । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव कोइराला, सहरी विकास मन्त्रालयका सचिव रमेश प्रसाद सिंह, भौतिक पूर्वाधार मन्त्रालयका रविन्द्रनाथ श्रेष्ठ, शिक्षा मन्त्रालयका रामप्रसाद थपलियालाई सरुवा गर्ने तयारीमा सम्बन्धित मन्नीहरु लागेका छन् ।

    यहि मौकामा प्रधानमन्त्री कार्यालयमा रहेका महेश्वर न्यौपाने पर्यटन मन्त्रालयमा सरुवा हुन चाँजोपाँजो मिलाइरहेका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा गृहमन्त्रालयको सचिव रहेका उनी यसअघि पनि पर्यटन मन्त्रालयका सचिव थिए ।



    यसअघि देउवा सरकारकै पालामा जितेन्द्र देव पर्यटन मन्त्री हुँदा उनी पर्यटन सचिव थिए । लुम्बिनी विकास कोषको नियुक्ति अड्काएपछि ओली प्रधानमन्त्री हुने दिन २०७४ फागुन २ मा उनको सरुवा भएको थियो । केपी शर्मा ओली सरकारमा आएपछि न्यौपानेले लामो समय गृहमन्त्रालय सम्हाल्ने मौका पाए । न्यौपानेमाथि गृह मन्त्रालयमा आएपछि ओलीको निर्देशनमा काम गरेको र कांग्रेस निकटका कर्मचारीहरुलाई विना कारण दुःख दिएको आरोप पनि लागेको थियो ।



    पर्यटनका आम्दानी हुने बाटाहरु सबै जानकारी भएका उनी मन्त्री प्रेम आलेलाई प्रभावमा पारी उक्त मन्त्रालयमा जाने याेजनामा छन् । सोमबार (भोली) बस्ने मन्त्रीपरिषद्को बैठकले सचिवहरुको सरुवा गर्ने सम्भावना छ । पर्यटनमा जान लागेका सचिव न्यौपाने आर्थिक रुपमा निकै बद्नाम मानिन्छन् । उद्योग विभागको महानिर्देशक हुँदा एनसेलको शेयर खरिद विक्री(एसपीए) गर्ने उनै हुन् । उनैले गर्दा एनसेलले ७२ अर्ब पूँजीगत लाभकर नतिरी टेलियासोनेराका सञ्चालक स्वीडेन भागेका थिए ।

    एनसेलबाट ७२ अर्ब लाभकर असुली नहुनुका पछाडि महेश्वर न्यौपाने पनि कारक हुन् । चूडामणी शर्मा, शोभाकान्त पौडेल जस्तै न्यौपानेले पनि एनसेललाई लाभकर छल्न सहयोग गरेका थिए । यदि न्यौपानेले नेपाली लगानीकर्ता निरज गोविन्द श्रेष्ठको २० प्रतिशत शेयर शतिशलाल आचार्यकी श्रीमती भावना सिंह श्रेष्ठको नाममा नामसारी नगरेको भए एनसेल लाभकर तिर्न बाध्य हुन्थ्यो ।

    उद्योग विभागबाट अर्थ मन्त्रालय, निर्वाचन आयोगमा गएपछि पनि न्यौपाने आर्थिक मामलामा विवादमा आए । निर्वाचन आयोगमा हुँदा तत्कलिन प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवसँग मिलेर गाडी खरिददेखि विभिन्न शिर्षकमा करोडौं भ्रष्टाचार गरेका थिए ।

    गृह मन्त्रालयको सचिव भएपछि प्रहरीका सरुवा बढुवा, ठेक्कापट्टादेखि मनाङमा सशस्त्रको पर्वतिय तालिम केन्द्रको जग्गा खरिदमा १० करोड भ्रष्टाचार काण्डमा पनि उनी मुछिएका थिए । नेपाल प्रहरीको यूएन मिसनका लागि हुने प्रिस्याट परिक्षाको प्रश्नपत्र आउट भएको विषयमा छानविन गर्दै जाँदा उनी समेत संलग्न भएको देखिएपछि सिपाही हवल्दारलाई कारबाही गरी उक्त प्रकरण ढिसमिस पारिएको थियो ।

    गृह सचिव हुँदा उनले नै एक इन्सपेक्टरलाई म्यासेन्जरमार्फत परीक्षा अगावै प्रश्नपत्र पठाएको भेटिएपछि उक्त प्रकरणमा डिएसपीद्वय बासुदेव पाठक, रुपेश खड्का, इन्सपेक्टर निरज पुनसहितका मुख्य दोषीलाई उम्काएर हवल्दार कुमार साह र सिपाहीलाई मात्रै बर्खास्त गरिएको थियो ।

    न्यौपानेमाथि भान्जा सुजन पौडेलमार्फत प्रहरीकाे सरुवा बढुवादेखि विभिन्न सेटिङका काम गरेकाे आराेप लागेकाे थियाे । न्यौपानेले भान्जामार्फत भ्रष्टाचार गरेको पैसा बालुवाखानीदेखि विभिन्न ठाउँमा लगानी गरेकाे विभिन्न मिडियाहरूमा सार्वनजनिक भएकाे थयाे । ओली निकट एमालेका युवा नेता महेश बस्नेतले उनलाई त्यतिखेर गृहमा लगेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार