Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्व गृहसचिव न्यौपाने पनि पक्राउ पर्न सक्ने

    नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्व गृहसचिव न्यौपाने पनि पक्राउ पर्न सक्ने

    अनलाइन नेपाल
  • बिहिबार, २१ बैशाख २०८०
  • 3.3K
    SHARES

    काठमाडौंं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान खोजेको आरोपमा नेपाल सरकारका सचिवदेखि पूर्व मन्त्रीसम्म पक्राउ परेका छन् । नक्कली शरणार्थी प्रकरणमा ८ सय ७५ नेपालीबाट १० देखि ५० लाखसम्म ठगी गर्ने गिरोहका नाइकेसँग राजनीतिक नेतादेखि प्रशासनिक क्षेत्रका ठूला व्यक्तिहरुको संलग्नता खुल्दै आएको छ ।

    तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई मंगलबार, गृह हुँदै हाल उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डे बुधबार र माओवांदी केन्द्रका तन्कालिन नेता एवं पूर्व उर्जामन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी आज विहान भैरहवाबाट पक्राउ परेसँगै नक्कली शरणार्थी प्रकरणले ठूलो रुप लिएको छ ।



    रायमाझीका छोरा सन्दीपलाई बुधबार साँझ प्रहरीले बुटवलबाट नियन्त्रणमा लिएको छ भने बादलका छोराविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ ।



    नाइकेहरू केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ राई पक्राउ परेपछि उनीहरूबाट बरामद प्रमाण तथा बयानका आधारमा प्रहरीले थप अनुसन्धान गरेर इन्द्रजित राई, टेकनारायण पाण्डे, टोपबहादुर रायमाझी, सन्दीप रायमाझीलाई पक्राउ गरेको जनाएको छ ।

    नाइकेहरुले पूर्व गृहसचिव महेश्वर न्यौपानेको पनि नाम लिएको प्रहरी स्रोत बताउँछ । तत्कालीन गृहमन्त्री थापाका सल्लाहकार इन्द्रजित राईका छोरा निरज फरार छन् भने पूर्वगृह सचिव महेश्वर न्यौपानेलाई पनि प्रहरीले अनुसन्धानको घेरामा राखेको छ ।

    काठमाडौं जिल्ला प्रहरी परिसरका एक प्रहरी अधिकारी भन्छन्–‘महेश्वर न्यौपानेलाई कुनै पनि बेला बोलाउन सकिन्छ । अनुसन्धान भइरहेको छ, केहि नयाँ तथ्य खुल्यो भने पक्राउ पुर्जीका लागि पनि फाइल अगाडि बढ्छ ।’

    आरोपितहरूको बैंकिङ कारोबारलाई पनि पछ्याउँदै अनुसन्धान गरिरहेको छ । प्रहरीले रायमाझीका छोरा सन्दीपका नाममा काटिएको १ करोड ५० लाखको चेक पनि बरामद गरेको छ ।

    भुटानी शरणार्थी समस्या समाधानमा स्थायी उपाय पहिल्याउन गृहका तत्कालीन सहसचिव पन्थीको संयोजकत्वमा गठित कार्यदलका सदस्य गणेश केसीसहितले गिरोहका नाइकेहरू केशव दुलाल र सानु भण्डारीसँग झापादेखि काठमाडौंसम्म उठबस गरेको विवरण प्रहरीले प्राप्त गरेको छ ।

    ललितपुरको महांकाल गाउँपालिकामा माओवादीबाट निर्वाचित अध्यक्ष गणेश केसीले पनि यो गिरोहका नाइकहरूसँग शरणार्थी शिविरमा निकै पटक भेट भएको स्विकारेका छन् ।

    धेरैजसो भुटानी शरणार्थीलाई तेस्रो देशमा पुनर्वास गरिए पनि केही शरणार्थी अझै अलपत्र छन् । छुटेका शरणार्थीको समस्या स्थायी रूपमा समाधान गर्न भन्दै गिरोहले नै कार्यदल गठन गर्ने गुरुयोजना बनाएको थियो ।

    केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले २९ असार २०७६ मा सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलले काम गरिरहेकै बखत राजनीतिक संरक्षण प्राप्त गिरोहले नक्कली शरणार्थीको सूची बनाएको थियो ।

    गृहको प्रतिवेदन अझै सार्वजनिक भएको छैन । तर सरकारी र राजनीतिकस्तरबाटै प्रतिवेदन हात पारेको गिरोहले प्रतिवेदनमा ‘छुटेका शरणार्थी’ र ‘तेस्रो देशमा शरण लिन चाहने’ शीर्षकमा उपसूची थप गरी पैसा संकलन गरेको थियो । यही आधारमा झापा, मोरङ, सुनसरी, गोरखा, कास्की, बागलुङ, अर्घाखाँची र दाङलगायत जिल्लाबाट रकम संकलन गरी ८७५ को नक्कली शरणार्थी सूची बनाइएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार