Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • लघुकथा : चट्टान र हरिकृष्ण

    लघुकथा : चट्टान र हरिकृष्ण

    अनलाइन नेपाल
  • शनिबार, १८ मंसिर २०७८
  • 2.6K
    SHARES

    दुइटा पात्र ! चट्टान र हरिकृष्ण ,
    दुइटा प्रवृत्ति ! पश्चगामी र अग्रगामी,
    दुबैका एकै पारिवारीक, आर्थिक, सामाजिक र शैक्षिक पृष्टभुमी…
    चट्टानले भएको सम्पत्ति पनि पार्टीलाइ बुझायो, श्रीमती छोडेर युद्धमा होमियो, देश बनाउन ।
    हरिकृष्णले सुन्दर भविश्यको सपना बुनेर श्रीमती गाउमा छोडेर दिल्ली हान्नियो, परिवार बनाउन ।
    देश बनाउन श्रीमतीको पनि योगदान महसुस गरी चट्टानले श्रीमती पनि युद्धमा लग्यो ।
    परिवार बनाउन एक्लैको कमाइले नपुग्ने भन्दै हरिकृष्णले पनि श्रीमती दिल्लि लग्यो र कोठिमा काम लगायो ।
    युद्ध सकियो, चट्टानका जोइपोइ सहर पसे !
    उता जोइपोइले दिल्लिको कोठिमा लखतरान काम गर्दा पनि आर्थिक अवस्था उन्नाइसको बिस नभयपछि हरिकृष्णको जोडी गाउ फर्किय ।
    सहरमा गणतन्त्र सस्थागत गराउन चट्टानले मुट्ठि कस्यो र झन्डा उठायो,
    गाउमा परिवारको पेट भराउन हरिकृष्णले हलो समायो र कोदाली उठायो ।
    सुन्दैछु अहिले..
    चट्टानले काठमाडौमा घर बनायो रे अनि केहि बिघा जमिन चितवनमा छ रे !
    उता भर्खर सुनेको , हरिकृष्णले आफ्ना लालाबालाको दाम्रीयको पेट देख्न नसकेर गलामा पासो लगायो रे ।।
    सुन्न त उत्तिबेलै सुनेको हो, चट्टान अग्रगामीको पगरी गुथेर बेला कुबेला हरिकृष्णलाइ म बन्दुक बोकेर युद्धमा होमिदा त कहा थिइस भनेर पश्चगामीको पगरी जबर्जस्ति पहिराइदिन्थ्यो रे ।।
    चट्टान सर्वस्व त्यागेर देश बनाउन हिड्यो , देश त के भो सबैलाइ थाहा छ तर चट्टानलाइ पुग्दो छ ।
    हरिकृष्ण जिवनभर परिवार बनाउन खुनपसिना बगाउदा पनि शिर ठाडो पारेर कहिलै ठडिन सकेन , र महाप्रस्थानको यात्रामा लाग्यो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार