Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • राप्रपा महाधिवेशन: १५ सय मत खस्यो, मतदान सकिँदा रातको ११ बज्ने

    राप्रपा महाधिवेशन: १५ सय मत खस्यो, मतदान सकिँदा रातको ११ बज्ने

    अनलाइन नेपाल
  • शनिबार, १८ मंसिर २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । काठमाडौंमा जारी राप्रपाको एकता महाधिवेशनमा १५ सय मत खसेको छ ।

    शनिबार बिहान निर्धारित समयभन्दा दुई घण्टा ढिला सुरु भएको मतदान अझै जारी रहेको छ ।



    निर्वाचन समितिका अनुसार मतदान सकिँन कम्तीमा पनि राति ११ बज्ने छ । महाधिवेशनमा सहभागी हुन देशभरबाट प्रतिनिधिहरू काठमाडौंमा भेला भएका छन् ।



    महाधिवेशनमा प्रदेश १ बाट दुई सय ५६ जना, प्रदेश २ बाट एक सय ७० जना, बागमतीबाट दुई सय ४५ जना, गण्डकीबाट दुई सय ५० जना, लुम्बीनीबाट पाँच सय जना, कर्णालीबाट एक सय ९७ जना र सूदुरपश्चिमबाट एक सय ७५ जना प्रतिनिधि सहभागी छन् । कुल १,७९३ जना प्रतिनिधिध रहेका छन्।

    निर्वाचनमा राप्रपाका निवर्तमान अध्यक्ष कमल थापा र राजेन्द्र लिङ्देलले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार