Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • कांग्रेस गण्डकी अधिवेशन : सुरुवाती मतगणनामा दुबै उम्मेदवारको बराबरी मत

    कांग्रेस गण्डकी अधिवेशन : सुरुवाती मतगणनामा दुबै उम्मेदवारको बराबरी मत

    अनलाइन नेपाल
  • शनिबार, १८ मंसिर २०७८
  • 978
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस गण्डकी प्रदेशको मतणना जारी छ । मतगणनाको पहिलो रुझान सार्वजनिक गरिएको छ । १०० मत गन्दा दुबै उम्मेदवारको बराबर मत आएको छ ।

    संस्थापनका सभापति उम्मेदवार अर्जुन जोशी र संस्थापन इतर समूहका सभापति उम्मेदवार शुक्रराज शर्मा दुबैले ५०–५० मत पाएका छन् ।



    गण्डकी प्रदेशमा एक हजार एक सय ४६ मत खसेको निर्वाचन समितिले जनाएको छ । यहाँ एक हजार एक सय ६० मतदाता थिए । गण्डकीको नेतृत्वका लागि संस्थापन र संस्थापन इतरको प्रतिस्पर्धा छ ।



    दुई प्रभावशाली नेताहरुबीच नेतृत्वमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ। प्रदेशभित्र जिल्ला सभापति हेर्दा संस्थापन पक्ष बलियो छ भने प्रदेश महाधिवेसन प्रतिनिधिमा पैडेल समूहको बहुमत रहेको आंकलन गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार