Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • थप १५ लाख मोडर्ना खोप काठमाडौं आइपुग्यो, १८ वर्ष मुनिका बालबालिकालाई लगाइने

    थप १५ लाख मोडर्ना खोप काठमाडौं आइपुग्यो, १८ वर्ष मुनिका बालबालिकालाई लगाइने

    अनलाइन नेपाल
  • शुक्रबार, २४ मंसिर २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । कोभ्याक्स सुविधाअन्तर्गतको थप करिब १५ लाख मोडर्ना खोप काठमाडौं आइपुगेको छ ।

    स्वास्थ्य सेवा विभागका अनुसार बिहीबार दिउँसो १४ लाख ९७ हजार छ सय डोज मोडर्ना खोप काठमाडौँ आइपुगेको हो।



    यस्तै, उक्त सुविधा अन्तर्गत आगामी आइतबार १९ लाख ६५ हजार छ सय खोप काठमाडौं आइपुग्ने छ । यसअघि गत शुक्रबार पनि एक लाख ८८ हजार चार सय डोज मोडर्ना खोप नेपाल आइपुगेको थियो।



    स्वास्थ्य मन्त्रालयका अनुसार नेपालले अहिलेसम्म दुई करोड ९४ लाख ५४ हजार १३० डोज खोप प्राप्त गरिसकेको छ ।

    मोडर्ना खोप १८ वर्ष मुनिका बालबालिकालाई लगाइने मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार