Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • आज झण्डै साढे २३ लाख डोज मोडर्ना खोप नेपाल आइपुग्ने

    आज झण्डै साढे २३ लाख डोज मोडर्ना खोप नेपाल आइपुग्ने

    अनलाइन नेपाल
  • मंगलबार, ११ माघ २०७८
  • 1.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । कोरोना भाइरस विरुद्ध बालबालिकाले लगाउने २३ लाख ४० हजार डोज मोडर्नाको खोप नेपाल ल्याइने भएको छ ।

    स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाको आपूर्ति शाखाका प्रमुख सुरेन्द्र चौरसियाका अनुसार आज २३ लाख ४० हजार डोज खोप नेपाल आउँदैछ।



    यसअघि सोमबार पनि १६ लाख ६० हजार डोज मोर्डना खोप आइसकेको छ। यो खोप सरकारले विश्व बैंकको सपोर्टमा खरिद गरेको चौरसियाको भनाइ छ। उनका अनुसार खोपसँगै सिरिञ्ज भने ल्याइएको छैन। उक्त खोपका लागि आवश्यक पर्ने सिरिञ्जको व्यवस्था भने सरकारले आफैं गर्नेछ।



    सरकारले खोपका लागि आवश्यक पर्ने सिरिञ्ज खरिद सम्झौता गरी ल्याइरहेको छ। सरकारले आफैं खरिद गर्नेगरी सम्झौता गरेको २ करोड ४ लाख सिरिञ्ज मध्ये ५० लाख सिरिञ्ज भने आइसकेको चौरसियाले बताए। यसअघि पनि ३८ लाख मोडर्ना खोप आइसकेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार