Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • चिसो बढेसँगै विद्यालय बन्द, विद्यार्थीलाई ट्युशन कक्षामै मोडर्ना खोप

    चिसो बढेसँगै विद्यालय बन्द, विद्यार्थीलाई ट्युशन कक्षामै मोडर्ना खोप

    अनलाइन नेपाल
  • बुधबार, १४ पुष २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    जुम्ला । चिसो बढेसँगै विद्यालय बन्द भएपछि हिमाली जिल्लाका बालबालिकालाई मोडर्ना खोप दिन समस्या भएको छ। हिउँदे बिदाका कारण विद्यालय बन्द हुने भएकाले बालबालिकालाई खोप लगाउन समस्या भएको हो।

    विद्यालय बन्द भएपछि ट्युशन कक्षामै पुगेर उनीहरुलाई मोडर्ना खोप दिन व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँले जानकारी दिइन्। ‘जुम्लामा १८ वर्षमुनिका बालबालिकाका लागि १३ हजार मोडर्ना खोप आएको छ,’ उनले भने, ‘बुधबारसम्म सात हजार बालबालिकालाई खोप लगाइसकिएको छ।’



    मंगलबार जुम्लाको हिमा गाउँपालिकाको महावैपातरखोला विद्यालयमा पुगेर बालबालिकाका खोपको अवस्था बुझेर फर्केको जानकारी दिँदै उनले चिसो बढेसँगै हिजोदेखि हिमपात भइरहेकाले स्वास्थ्यकर्मीलाई खोप लगाउन सकस भएको बताइन्।



    प्रजिअ प्रसाईँका अनुसार आज पनि जुम्लामा हिमपात भइरहेकाले छ। हिमपातका कारण सरकारी कार्यालयको कामकाज प्रभावित भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार