Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • विद्यालयमै विद्यार्थीलाई खोप, स्वास्थ्यमन्त्री खतिवडाले गरे हेटौंडाबाट उद्घाटन

    विद्यालयमै विद्यार्थीलाई खोप, स्वास्थ्यमन्त्री खतिवडाले गरे हेटौंडाबाट उद्घाटन

    अनलाइन नेपाल
  • आइतबार, ४ पुष २०७८
  • 1.3K
    SHARES

    फाइल तस्विर

    हेटौंडा । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले आइतबार हेटौंडाको भुटनदेवी माध्यमिक विद्यालयबाट कोभिड–१९ विरुद्धको मोडर्ना खोप कार्यक्रमको सुरु गराएका छन्।

    मन्त्री खतिवडाले आइतबार उक्त विद्यालयमै पुगेर १२ देखि १७ वर्षसम्मका बालबालिकाहरुलाई मोडर्ना खोप लगाउन सुरु गराएका हुन् । मन्त्री खतिवडा उक्त विद्यालयका पूर्व विद्यार्थी हुन् ।



    मन्त्री खतिवडाले विद्यार्थीहरुलाई खोप लगाउन र परिवारमा जानकारी दिनसमेत आग्रह गरेका थिए । खोप नलगाएकाहरुले अनलाइन फाराम भरेर खोप लगाउन मन्त्री खतिवडाले अनुरोध गरे ।



    मन्त्री खतिवडाका अनुसार वाग्मती प्रदेशमा दुई लाखभन्दा बढी बालबालिकालाई कोरोनाविरूद्धको खोप लगाइने भएको छ । सरकारको खोप अभियान अन्तर्गत वाग्मती प्रदेशका १२ देखि १७ वर्ष उमेर समूहका २ लाख २ हजार २ सय ८७ बालबालिकालाई कोरोनाविरूद्धको मोडर्ना खोप लगाइने भएको छ ।

    कोभिड–१९ बाट सुरक्षित रहन खोप नै उत्तम भएको मन्त्री खतिवडाको दाबी थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार