Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • दिपकराजले प्रचण्डलाई सोधे–प्लिज कमरेड भनिदिनु पर्यो, तपाईँको लगानी कहाँ छ ? 

    दिपकराजले प्रचण्डलाई सोधे–प्लिज कमरेड भनिदिनु पर्यो, तपाईँको लगानी कहाँ छ ? 

    अनलाइन नेपाल
  • सोमबार, २७ मंसिर २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । दिपकराज गिरीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हालैको एक अभिव्यक्तिप्रति असन्तुष्टी व्यक्त गरेका छन् ।

    प्रचण्डले हालै शेयरबजार सामान्तीहरुको बजार हो भन्ने अभिव्यक्ति दिएपछि गिरीले उनको उक्त भनाईप्रति सामाजिक सञ्जालमार्फत् असन्तुष्टी व्यक्त गरेका हुन् ।



    दिपकराज गिरीले भनेका छन्, प्लिज कमरेड भनिदिनु पर्यो, तपाईँको लगानी कहाँ छ ?



    उनी लेख्छन्,

    आज म लेख्दैछू …..

    १)प्रचन्ड कमरेडको पूरानो महावाणी –

    बुर्जुवा शिक्षा सामन्तीहरूको शिक्षा हो !

    यति भन्नाले धेरै मानिस अनपढ नै रहे र अहिले पनि पछुताइ रहेका छन् !

    उहॉकै कतिपय कार्यकर्ताहरू अहिले बूढेसकालमा स्कूल गएर त्यहि छुटेको पूरानो शिक्षा पढिरहेका छन् !

    २) अहिले फेरी एक्कासी नयॉ महावाणी आयो

    शेयर बजार सामन्तीहरूको बजार हो !!!

    तपाइले भने जस्तै कतिपय ले कल कारखाना पनि नखोल्या हो र कमरेड ?तर अनावश्यक रूपमा तपाइहरू ले यूनिएनहरू गठन गरेर हडताल गराइ गराइ साहुजी हरूकै बाह्र बजाएर उठिवास नै लगाइयो नि होइन र कमरेड?

    अब आफ्नै कुरा गरौ

    फिल्म हल खोलौ भनेको त्यों फ़िल्म पनि बिलासिता मै पर्ला कि नपर्ला ?

    सामन्तीहरूको लिष्ट मै परिएर भोलि फेरी अप्ठेरो पर्ला भनेर सोधेको!

    कि ब्यूटी पार्लर खोलौ?

    हुनत धनाढ्यका बूढीहरू , छोरीहरू जाने ठॉउ त्यो पनि पक्कै सामन्तबादी लगानि नै साबित होला ?

    अब के मा लगानि गरौ त?

    अब ती खाइ नखाइ गरेर लहैलहै मा भएपनि लागेर ४७ लाख डिम्याट खाता खोलेका

    नव सामन्तहरूलाइ के गर्ने त कमरेड ?

    आफ्नो कमाइ लाइ कॉहा लगाउने त ?

    ताकि हाम्रो लगानी सामन्तबादी लगानी नहोस !

    प्लिज कमरेड भनिदिनु पर्यो!

    तपाइको लगानि कॉहा छ ?

    कि त्यहि लगानि गर्न पनि प्रेरित गरिदिनु पर्यो ,

    मलाइ तसामन्त हुने मन फिटिक्कै छैन के गर्ने होला ? …,,,,कि यसो गरौ

    बिदेशी बैकमै लागेर लागेर राखौ त कमरेड ?

    त्यसो गर्दा कसो होला ?

    जे जसरी हुन्छ मलाइ सामन्त हुन बाट बचाउनुस कमरेड म हातै जोड्छू!

    म लगायत थुप्रै जनताले जय गॉउने छन कमरेड!

    लाल सलाम!!!

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार