Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • चीनकी सवैभन्दा जेष्ठ नागरिक सेयीतीको १३५ बर्षको उमेरमा निधन

    चीनकी सवैभन्दा जेष्ठ नागरिक सेयीतीको १३५ बर्षको उमेरमा निधन

    अनलाइन नेपाल
  • शनिबार, ३ पुष २०७८
  • 750
    SHARES

    एजेन्सी । चीनका सबैभन्दा जेष्ठ नागरिकको १३५ वर्षको उमेरमा निधन भएको छ ।

    स्थानीय अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार सिन्जीयान क्षेत्रमा बसोबास गर्दै आएकी अलिमिहान सेयीतीको बिहीबार निधन भएको हो ।



    उनको जन्म सन् १८८६ को जुन २५ मा भएको थियो । उनी सन् २०१३ देखि देशको सबैभन्दा जेष्ठ नागरिक घोषित भएकी थिइन्।



    निधन हुनु अगाडिसम्म पनि उनको दैनिक जीवन अति सामान्य नै रहेको अधिकारीहरुले जानकारी दिएका छन् । ‘उहाँ सधैँ हाँसी, खुशी देखिने र आफ्ना नाती नातीनाहरुसँग रमाउने गर्नुहुन्थ्यो’ उनका एक आफन्तले भने ।

    उनलाई स्थानीय सरकारले नियमित स्वास्थ्य परीक्षणलगायतका स्वास्थ्य सेवा पर्याप्त रुपमा उपलब्ध गराएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार