Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • चोलेन्द्रले बोलाए न्याय सेवा आयोगको बैठक, बारले भन्यो- सहभागी हुँदैनौं

    चोलेन्द्रले बोलाए न्याय सेवा आयोगको बैठक, बारले भन्यो- सहभागी हुँदैनौं

    अनलाइन नेपाल
  • मंगलबार, ६ पुष २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्याय सेवा आयोगको बैठक बोलाएका छन् ।

    करिब दुई महिनादेखि आफ्नो राजिनामा माग्दै नेपाल बार एसोसिएसनले आन्दोलन गरिरहेको र सर्वोच्च अदालतका न्यायाधीशहरुले पनि आफूसँग इजलास सेयर गर्न अस्वीकार गरिरहेको अवस्थामा जबराले बुधबारका लागि आयोगको बैठक बोलाएका हुन् ।



    स्रोतका अनुसार आयोगले यसअघि सञ्चालन गरेको जिल्ला न्यायाधीशहरुको परीक्षाको नतिजा प्रकाशनका लागि आयोगको बैठक बोलाइएको हो ।



    यता, प्रधानन्याधीश जबराविरुद्ध आन्दोलित नेपाल बारले भने जबराले नेतृत्व गर्ने न्याय सेवा आयोग, न्याय परिषद् जस्ता संस्थाका बैठकमा सहभागी नहुन आग्रह गर्दै सदस्यहरुलाई पत्राचार गरेको छ ।

    प्रधानन्यायाधीश जबरा अध्यक्ष रहेको न्याय सेवा आयोगमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, सर्वोच्च अदालतका बरिष्ठ न्यायाधीश दीपककुमार कार्की, लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र महान्यायाधिवक्ता खम्मबहादुर खाती सदस्य छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार