Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • शिक्षक सेवा आयोगको विज्ञापन खारेज गर्न प्रभु साहको माग

    शिक्षक सेवा आयोगको विज्ञापन खारेज गर्न प्रभु साहको माग

    अनलाइन नेपाल
  • बिहिबार, ८ पुष २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    पर्सा । नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले शिक्षक सेवा आयोगले प्रकाशन गरेको विज्ञापन खारेज गर्न माग गरेका छन् ।

    शिक्षक सेवा आयोगले निम्न माध्यमिक शिक्षकका लागि खुलाइएको विज्ञानपन अस्वाभाविक, अदूरदर्शी, अवैज्ञानिक एवं पक्षपातपूर्ण रहेको दाबी गर्दै नेता साहले त्यसलाई संशोधन या खारेज गर्न माग शाहले माग गरेका हुन् ।



    शाहले फेसबुकमा लेखेका छन्, ‘प्रदेश २ आज पनि साक्षरता, प्रतिव्यक्ति आय, औसत आयु र मृत्युदर लगायत समग्र मानव विकास सूचकाङ्कको हिसाबले समेत सबैभन्दा पछाडि छ, प्रदेश २ मा रहेको धेरै जनसङ्ख्या, उच्च जनघनत्व र बढ्दो विद्यार्थी चापलाई समेत नजरअन्दाज गर्दै शिक्षक सेवा आयोगले निकालेको विज्ञापनमा सबैभन्दा कम सिट/पद सङ्ख्या प्रदेश २ लाई उपलब्ध गराइएको यस बदनियतपूर्ण कार्यलाई कुनै पनि हिसाबले सामान्य/स्वाभाविक मान्न सकिँदैन ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार