Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • राजनीतिबाट इमानदारिता गुमेपछि ‘म’ बाट ‘बा’ भनिन्छ: माधव नेपाल

    राजनीतिबाट इमानदारिता गुमेपछि ‘म’ बाट ‘बा’ भनिन्छ: माधव नेपाल

    अनलाइन नेपाल
  • मंगलबार, १३ पुष २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राजनीतिमा इमानदारिता हराएपछि ‘म’ बाट ‘बा’ आउने बताएका छन्।

    मंगलबार नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र नेपाल कम्युनिस्ट पार्टी (जनवादी)बीच एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राजनीतिमा इमानदारिता हुनुपर्ने बताए।



    ‘मूल कुरा इमानदारिता हो । इमानदारिता भए जनताको विश्वास जित्न सकिन्छ । इमानबाट विचलित भएपछि समर्पित हुने भावना हराउँदोरहेछ। व्यक्तिवादको शिकार हुन्छ। ‘म’ भनेर सोच्न थाल्छ। ‘म’ बाट ‘बा’ भन्नेमा आउँछ। म नै बा हो’, नेपालले भने।



    अध्यक्ष नेपालले आफूहरु ‘बा’ प्रवृत्तिका विरोधी भएको बताए । नेपालले एमालेका कतिपय नेताहरु एकीकृत समाजवादीमा आउनका लागि कुरा गरिरहेको पनि बताए।

    यस्तै, कार्यक्रममा नेपालले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहलाई विचार र चिन्तन परिवर्तन गर्न सुझाव दिएको बताए । आफूले विप्लव समूहका नेतालाई विचार र चिन्तनमा परिवर्तन गरे मात्रै क्रान्तिको सम्भव रहेको सुझाव दिएको नेपालको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार