Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • प्रचण्डलाई भगवान मान्न माओवादी प्रतिनिधिहरुलाई खगेन्द्रको व्यंगात्मक सुझाव

    प्रचण्डलाई भगवान मान्न माओवादी प्रतिनिधिहरुलाई खगेन्द्रको व्यंगात्मक सुझाव

    अनलाइन नेपाल
  • बिहिबार, १५ पुष २०७८
  • 1.3K
    SHARES

    काठमाडौँ । बरिष्ठ लेखक एवं नागरिक समाजका अगुवा खगेन्द्र संग्रौलाले नेकपा माओवादी केन्द्रका महाधिवेशन प्रतिनिधिहरुलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘भगवान’ घोषणा गर्न सुझाव दिएका छन् ।

    लेखक संग्रौलाले अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमा सुझाव प्रस्तुत गर्ने क्रममा ‘प्रचण्ड युग’ र ‘प्रचण्ड विचार’ को घोषणा गर्न माग गरिएपछि व्यंगात्मक शैलीमा यस्तो सुझाव दिएका हुन् ।



    सामाजिक सञ्जाल ट्वीटरमा संग्रौलाले प्रचण्ड युग र प्रचण्ड विचारको कुरा दासत्व मुद्राको चाकरी भएको पनि उल्लेख गरेका छन्।



    ‘माकेको महाधिवेशनमा एक उच्चस्तरीय भक्तले ‘प्रचण्ड युग’ र ‘प्रचण्ड विचार’को घोषणा गरियोस् भनी प्रभुका पाउमा विन्तीपत्र चढाएछन्। हैन, दासतुल्य मुद्रामा चाकरी नै गर्नु छ त ‘महामानव’, अझ ‘भगवान’ नै घोषणा गरे भैगो नि, किन खुद्रामसिना खिसखिस, कमरेड?’ ट्विटरमा उनले लेखेका छन्।


    अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सुझाव दिँदै बागमती प्रदेश समूह प्रदेश ‘क’ का टोली नेता सरल सहयात्रीले नेकपा माओवादी केन्द्रमा जनयुद्धकालिन ‘प्रचण्ड पथ’लाई विउँत्याउन माग गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार