Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • किन चीनले अरुणाचल प्रदेशका १५ स्थानको नाम परिवर्तन गरायो ?

    किन चीनले अरुणाचल प्रदेशका १५ स्थानको नाम परिवर्तन गरायो ?

    अनलाइन नेपाल
  • आइतबार, १८ पुष २०७८
  • 1.5K
    SHARES

    एजेन्सी । चीनको परराष्ट्र मन्त्रालयले बिहीबार (डिसेम्बर ३०) भारतको अरुणाचल प्रदेशका १५ स्थानको ‘मानकीकृत’ नाम जारी गर्दै नाम परिवर्तन गरेको थियो।

    अरुणाचल प्रदेशलाई चीनले ‘दक्षिणी तिब्बत’ मान्ने भएकाले अब चीनले आफ्नो आधिकारिक कागजात र नक्सामा यी नामहरू प्रयोग गर्नेछ।



    भारतले चीनको यो कदमको निन्दा गर्दै ‘नाम आविष्कार’ ले जमीनमा तथ्य परिवर्तन नहुने र ‘अरुणाचल प्रदेश सधैं भारतको अभिन्न अंग रहेको र सधैं रहने बताएको छ।’



    चीनले आफ्नो नयाँ ‘ल्याण्ड बोर्डर एक्ट’ अन्तर्गत यी नामहरूको सूची जारी गरेको छ । यो नयाँ कानून जनवरी १, २०२२ देखि लागू भएको छ, जसलाई लिएर भारतले चिन्ता व्यक्त गरेको थियो।

    चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र मानिने अंग्रेजी दैनिक ग्लोबल टाइम्सले बिहीबार यससँग सम्बन्धित समाचार प्रकाशित गरेको छ ।

    उक्त समाचारमा भनिएको छ कि चीनको नागरिक मामिला मन्त्रालयले बुधवार घोषणा गरेको छ कि यसले जांगनान (अरुणाचल प्रदेशको चिनियाँ नाम) को १५ स्थानको नाम चिनियाँ, तिब्बती र रोमनमा जारी गरेको गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार