Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • तीन एआईजीको दरबन्दी थप्दै सरकार, पाँच डिआईजीबीच प्रतिस्पर्धा

    तीन एआईजीको दरबन्दी थप्दै सरकार, पाँच डिआईजीबीच प्रतिस्पर्धा

    अनलाइन नेपाल
  • आइतबार, २५ पुष २०७८
  • 3.1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले ३ एआइजीको दरबन्दी थप गर्ने भएको छ । सरकारले नेपाल प्रहरीमा एआइजीको दरबन्दी बढाउन लागेको हो । प्रहरी प्रधान कार्यालयले ३ एआइजीको थप दरबन्दी स्वीकृतिका लागि गृहमन्त्रालयमा प्रस्ताव पेश गरिसकेको छ भने गृहले अर्थमन्त्रालयको सहमति माग गरेको छ ।

    थप हुने तीन एआईजी पदका लागि मुख्यतयः पाँच डिआईजीबीच चर्को प्रतिष्पर्धा चलेको छ । तिमध्ये केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीका प्रमुख डीआइजी धिरजप्रताप सिंह, महानगरीय आयुक्त कार्यालयका उत्तमराज सुवेदी र प्रहरी प्रधान कार्यालय कार्य एवं अनुसन्धान विभागका रविन्द्रबहादुर धानुकको सम्भावना बलियो रहेको प्रहरीहरु नै बताउँछन् ।



    त्यसैगरी प्रहरी प्रधान कार्यालयका डीआइजी इश्वरबाबु कार्की र अख्तियारका डीआइजी बसन्त पन्त पनि बढुवाका लागि लविङमा छन् । स्रोतका अनुसार कार्की गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मन्जु खाँणलाई प्रभावमा पारेर एआइजी बढुवा हुन खोजिरहेका छन् भने पन्त कांग्रेसकै नेता रमेश लेखक निकट मानिन्छन् । त्यसैले कार्की र पन्त पनि एआईजी बढुवाका प्रवल दाबेदार हुन् ।



    २०७३ मा एआइजीका दरबन्दी ३ वटाबाट थपेर १५ वटा बनाएका प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले फेरि तीन एआईजी थपेर ८ वटा बनाउन लागेका हुन् । २०७४ मा केपी ओली प्रधानमन्त्री भएपछि एआइजीका दरबन्दी घटाएर ३ वटा बनाएका थिए । तर, पछि २ वटा थप गरी एआइजीको दरबन्दी ५ बनाइएको छ ।

    दरबन्दी थपका लागि प्रधानमन्त्रीलाई खुसी पारिसकेका डीआइजीहरुले अर्थमन्त्री शर्मालाई समेत प्रभावमा पारिसकेको स्रोतको दावी छ । त्यसैले संभवतः भोलि बस्ने मन्त्रिपरिषद बैठकले ३ एआइजीको दरबन्दी स्वीकृत गर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार