Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • लेवनानमा तैनाथ बर्दबहादुर गणको कार्य सम्पादन सर्वोत्कृष्ट

    लेवनानमा तैनाथ बर्दबहादुर गणको कार्य सम्पादन सर्वोत्कृष्ट

    अनलाइन नेपाल
  • मंगलबार, २७ पुष २०७८
  • 843
    SHARES

    काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानामा शान्ति स्थापनार्थ लेवनानमा तैनाथ बर्दबहादुर गण ६२औँ डफ्फा कार्य सम्पादनमा सर्वोत्कृष्ट घोषित भएको छ ।

    उक्त मिशनमा तैनाथ अरु १० देशका गणमध्ये नेपाली शान्ति सेनाको बर्दबहादुर गण सर्वोत्कृष्ट ठहरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।



    उक्त गणले आफ्नो जिम्मेवारी ईलाकामा गरेको अब्बल कार्यसम्पादनको योगदानको कदरस्वरुप त्यहाँ तैनाथ फोर्स कमाण्डर मेजर जनरल स्टेफानो डेल कोलले गणपतिलाई उत्कृष्टताको प्रतिक र प्रशंसापत्र प्रदान गरे।



    गणले मिशन ईलाकामा तैनाथ भएदेखि नै कोभिड–१९ को सङ्क्रमणको जोखिम खेपिरहेका आठवटै पालिकामा कोभिड किट वितरण गरेको सेनाले जनाएको छ । गणले नगरपालिकामा वृक्षरोपण, ऐतिहासिक किल्लाको संरक्षण र सम्वद्र्धन, गुणस्तरीय दाँतको उपचार सम्बन्धि सेवा, विद्यालयमा स्टेशनरी वितरण, महिला स्वास्थ्यसम्बन्धी जनचेतना कार्यक्रमलगायत सञ्चालन गर्दै आएको छ ।

    गणले सार्वजनिक उद्यान र बगैँचाको मर्मतसम्भार जस्ता जनहितका कार्यक्रमका साथै नेपाली सेनाको हालसम्मकै ठूलो लगानीमा ‘कृषि पोखरी तथा सार्वजनिक बगैँचा’ निर्माण गरेको जानकारी दिइएको छ । उक्त गणले लेवनान र इजरायलको सीमा क्षेत्रमा जैतुन खेती भित्र्याउन स्थानीय निकाय, लेवनानी सशस्त्र बल र सरोकारवाला निकायसँग समन्वय र सहकार्य गरेको सेनाले जानकारी दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार