Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • माधव नेपाल होम आइसोलेसनमा, भेटघाट बन्द

    माधव नेपाल होम आइसोलेसनमा, भेटघाट बन्द

    अनलाइन नेपाल
  • मंगलबार, २७ पुष २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आइसोलेसनमा बसेका छन् । केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र उनको सचिवालयका अधिकांशलाई कोरोना संक्रमण देखिएको थियो ।

    नेपाल र दाहालबीच कोरोना देखिनुभन्दा अघिल्लो दिन गठबन्धन बैठकका क्रममा भेट भएको थियो । कन्ट्रयाक ट्रेसिङका कारण नेपाल आइसोलेसनमा रहेको र पीसीआर रिपोर्ट नआएसम्म भेटघाट तथा सार्वजनिक कार्यक्रममा सहभागी नहुने उनको सचिवालयले जनाएको छ ।



    यसअघि कन्ट्र्याक ट्रेसिङमा परेका कारण प्रधानमन्त्री शेरबहादुर देउवा पनि आइसोलेसनमा थिए । तर, उनको रिर्पोट निगेटिभ आएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार