Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • हवाई उडानमा नयाँ मापदण्ड: यस्ता छन् अनिवार्य पालना गर्नुपर्ने नियमहरु

    हवाई उडानमा नयाँ मापदण्ड: यस्ता छन् अनिवार्य पालना गर्नुपर्ने नियमहरु

    अनलाइन नेपाल
  • बुधबार, ५ माघ २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । पछिल्लो समय कोरोना भाइरस संक्रमितको बढ्दै गएपछि सरकारले आन्तरिक हवाई उडानमा नयाँ नियम लागू गरेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को बैठकले आन्तरिक हवाई उडानमा नयाँ नियम लागू गरेको हो ।



    नयाँ नियमअनुसार हवाई उडानमा चालक दल र सबै यात्रुले मास्क तथा फेस सिल्ड अनिवार्यरुपमा लगाउन पर्ने भएको छ । यस्तै, हवाई जहाजभित्र अनिवार्य स्यानिटाइजरको व्यवस्था गर्नुपर्नेछ ।



    यसैगरी, प्रत्येक उडानपछि हवाई जहाज र ब्यागेज निसंक्रमित गर्नुपर्ने, चेक इन, बोर्डिङ, ब्यागेज क्लेम गर्ने स्थान तथा प्रतिक्षालयमा भिडभाड हुन नदिने र जनस्वास्थ्यका मापदण्ड लागू गर्नुपर्नेछ ।

    बुधबार मात्रै कोरोना संक्रमणको संख्या हालसम्मकै उच्च रहेको छ। जसमा ११ हजार ३५२ जना संक्रमितहरु थपिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार