Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • संसारका सबैभन्दा पाका व्यक्ति ग्रासियाको ११२ वर्षमा निधन

    संसारका सबैभन्दा पाका व्यक्ति ग्रासियाको ११२ वर्षमा निधन

    अनलाइन नेपाल
  • बुधबार, ५ माघ २०७८
  • 1.6K
    SHARES

    एजेन्सी । विश्वका सबैभन्दा पाका व्यक्ति स्पेनिस साटर्निनो डे ला फुएन्टे गार्सियाको ११२ वर्षको उमेरमा निधन भएको छ।

    गिनिज वल्र्ड रेकर्ड्सले बुधबार दिएको जानकारीअनुसार करिब चार महिना पहिले ११२ वर्ष २११ दिन हुँदा जीवितमध्ये उनी विश्वकै सबैभन्दा पाको व्यक्ति घोषित भएका थिए। उनको आगामी महिना ११३औँ जन्मदिन मनाउन लागिएको थियो।



    फेब्रुअरी ११, १९०९ मा लियोनको पोन्टे क्यास्ट्रोमा जन्मेका गार्सिया १।५ मिटर (४.९ फिट) अग्लो थिए। सन् १९३६ मा भएको स्पेनी गृहयुद्धमा सामेल हुन उनको होचो कदका कारण भर्ती हुन नपाएपछि पछि उनी एक सफल जुत्ता व्यवसायी बनेका थिए।



    सात छोराछोरी, १४ नातिनातिना र २२ पनातिपनातिनीहरूका अभिभावक उनी पछिल्लो समय उमेरका कारण सक्रिय जीवनबाट टाढा थिए। गिनिज बुक्स अफ वर्ल्ड रेकर्डको वेवसाइट अनुसार अहिलेसम्म रेकर्ड गरिएको सबैभन्दा धेरै बाँच्ने व्यक्ति फ्रान्सकी जीन लुइस कालमेन्ट छिन्।

    सन् १८७५ फेब्रुअरीमा जन्मिएकी कालमेन्टको सन् १९९७ मा १२२ वर्ष १६४ दिनको उमेरमा निधन भएको थियो।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार