Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • विद्यालय शिक्षा सुधार्न साढे नौ खर्बको योजना

    विद्यालय शिक्षा सुधार्न साढे नौ खर्बको योजना

    अनलाइन नेपाल
  • बिहिबार, ६ माघ २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय शिक्षा सुधारका लागि १० वर्षे योजना ल्याएको छ । उक्त योजनाअनुसार पाँच वर्षभित्र नौ खर्ब ५३ अर्ब ४३ करोड रुपियाँ लगानी रहने मन्त्रालयले जनाएको छ ।

    बाँकी पाँच वर्षमा खर्च हुने रकम भने पछि तय गरिने मन्त्रालयका योजना महाशाखाका सहसचिव डा. तुलसी थपलियाले जानकारी दिए ।



    उनका अनुसार यो कार्यक्रमलाई विद्यालय शिक्षा क्षेत्रगत योजना (एसईएसपी) नाम दइएको छ । अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगबाट स्वीकृत भएर आएको यो योजना सञ्चालनका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सैद्धान्तिक स्वीकृति प्रदान गरेका छन् ।



    विद्यालय तहमै यसअघि सञ्चालनमा रहेको विद्यालय क्षेत्र विकास योजना (एसएसडीपी) को निरन्तर ताका रूपमा नयाँ योजना सञ्चालन गर्न लागिएको हो ।

    सन् २०१६ मा सुरु भएको एसएसडीपी सन् २०२१ डिसेम्बर बाट ल्याउनुअघि मन्त्रालयले विद्यालय क्षे त्र सुधार योजना (एसएसआर पी) सञ्चालनमा ल्याएको थियो । गोरखापत्र दैनिकमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार