Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • सिके राउत नेतृत्व पार्टीको आपराधिक क्रियाकलाप रोक्न जनता समाजवादी पार्टीको माग

    सिके राउत नेतृत्व पार्टीको आपराधिक क्रियाकलाप रोक्न जनता समाजवादी पार्टीको माग

    अनलाइन नेपाल
  • शनिबार, ८ माघ २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टीले रौतहटमा आयोजित बलिदानी दिवसको कार्यक्रममा सीके राउत नेतृत्वको जनमत पार्टीका नेता कार्यकर्ताले आक्रमण गरेको आरोप लगाएको छ ।

    जसपाले शनिबार एक विज्ञप्ति जारी गर्दै समाजवादी युवा संघको आयोजनामा भइरहेको कार्यक्रममा जनमत पार्टीका नेता कार्यकर्ताले सुनियोजित तरिकाले आक्रमण गरेको आरोप लगाएको हो।



    जसपाको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जनमत पार्टीका नाममा उक्त पार्टीका नेता तथा कार्यकर्ताहरू सुनियोजित ढंगबाट लाठी, भांटा, ढुङ्गा, आदि लिई उक्त कार्यक्रमलाई अवरोध गर्ने, कार्यक्रम बिथोल्ने, आतङ्क मच्याउने र हिंसा भड्काउने जस्ता गैरराजनीतिक एवं अपराधिक क्रियाकलापमा संलग्न रहेका थिए।’



    जसपाले जनमत पार्टीको उक्त गतिविधिको घोर विरोध एवम् भर्त्सना गरेको विज्ञप्तिमा जनाएको छ। जनता समाजवादी पार्टी नेपालले सिके राउत नेतृत्वको जनमत पार्टीको आपराधिक एवं गैर राजनीतिक क्रियाकलापलाई नियन्त्रण गर्न सरकारसँग माग गरेको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार