Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • कोरोनाका कारण लाइसेन्ससम्बन्धी काम फेरि प्रभावित

    कोरोनाका कारण लाइसेन्ससम्बन्धी काम फेरि प्रभावित

    अनलाइन नेपाल
  • आइतबार, ९ माघ २०७८
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । कोभिडको तेस्रो भेरियन्टका कारण यातायात कार्यालयबाट प्राप्त हुने सेवा पुनः प्रभावित बन्न थालेका छन् ।यातायात कार्यालयका कर्मचारीमा नै कोरोना संक्रमण देखिएको भन्दै यातायात कार्यालयहरूले सेवा कटौती सुरु गरेका छन् ।

    यातायात व्यवस्था कार्यालय एकान्त कुनाले प्रदान गर्दै आएको सेवाहरूमा कटौती गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै धेरै कर्मचारीमा कोरोना संक्रमण भएका कारण नवीकरण र ट्रायलबाहेक अरू सेवाहरू स्थगित गरेको जानकारी गराएको छ ।



    योसँगै अब यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट नवीकरण र ट्रायलबाहेकका सेवा हाललाई बन्द गरिएका छन् । अन्य यातायात कार्यालयहरूले पनि भिडभाड कम गर्न भन्दै सेवामा कटौती गर्न थालेको पाइएको छ ।



    कार्यालयले कोरोनाको बढ्दो त्रासले भिडभाडमा काम गर्दा सेवाग्राहीहरूको स्वास्थ्यमा समेत असर पर्ने भएकाले सेवाहरू स्थगित गरिएको जनाएको छ ।

    एकान्तकुना कार्यालयले लाइसेन्स नवीकरणका लागि दिनको १ सय टोकन र अरू ट्रायलको मात्र सेवा प्रदान हुने सूचनामा उल्लेख गरेको छ । कार्यालयले यो सेवा लिन आउने सेवाग्राहीसँग खोपकार्ड भने अनिवार्य हुनुपर्ने जनाएको छ । राजधानी दैनिकमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार