Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • एमाले अध्यक्ष ओली दम्पतीलाई पनि कोरोना पुष्टि, दुवै जना होम आइसोलेसनमा

    एमाले अध्यक्ष ओली दम्पतीलाई पनि कोरोना पुष्टि, दुवै जना होम आइसोलेसनमा

    अनलाइन नेपाल
  • आइतबार, ९ माघ २०७८
  • 933
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    ओलीनिकट स्रोतका अनुसार आइतबार बिहान अध्यक्ष ओली र उनकी पत्नी राधिका शाक्यलाई कोरोना पुष्टि भएको हो ।



    संक्रमणपछि अहिले ओली दम्पत्ति आफ्नो निवासमा नै आइसोलेसनमा रहेका छन् । पूर्वप्रधानमन्त्री ओलीलाई काेराेना संक्रमण भएकाे पहिलाेपल्ट हाे ।



    यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायत दर्जनौं नेताहरुलाई संक्रमण पुष्टि भएको थियो।

    यता, अध्यक्ष ओलीलाई कोरोना संक्रमण भएपछि आज हुने भनिएको एमालेको पत्रकार सम्मेलन पनि स्थगित भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार