Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • आइतबार सुदूरपश्चिममा थपिए ३८७ जना कोरोना संक्रमित

    आइतबार सुदूरपश्चिममा थपिए ३८७ जना कोरोना संक्रमित

    अनलाइन नेपाल
  • आइतबार, ९ माघ २०७८
  • 1.1K
    SHARES

    कैलाली । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ३ सय ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार १ हजार ३७९ जनाको नमूना परीक्षण गर्दा ३ सय ८७ जनामा संक्रमण पुष्टि भएको हो।

    ३ सय ३४ सय जना एन्टिजेन र ५३ जनाको पीसीआरमार्फत संक्रमण पुष्टि भएको निर्देशनालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।



    आज थपिएकामध्ये १ सय ५१ जना संक्रमित भने आजै भारतबाट आएका नागरिक हुन्। त्रिनगर–गौरीफन्टा नाकाबाट आएका ७२, गड्डाचौकी नाकाबाट आएका ६९, जुलाघाटबाट आएका ८, र पुलघाटबाट फर्केका २ जनामा संक्रमण पुष्टि भएको छ।



    आज सुदूरपश्चिमका नाका भएर ८ सय ३२ जना स्वदेश फर्केका छन्। योसँगै प्रदेशमा सक्रिय संक्रमतिको संख्या तीन हजार ८ सय ७२ पुगेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार