Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • भारत लैजान लागिएकी एक बालिकाको उद्धार

    भारत लैजान लागिएकी एक बालिकाको उद्धार

    अनलाइन नेपाल
  • मंगलबार, ११ माघ २०७८
  • 597
    SHARES

    काठमाडौं । सुदूरपश्चिमको बैतडीबाट हराइरहेकी बालिका पर्सामा फेला परेकी छिन् ।

    माघ ७ गतेदेखि बेपत्ता भएकी बालिका वीरगञ्ज महानगरपालिका-१६ स्थित शंकराचार्य गेटमा फेला परेकी हुन्। भारत लैजान लागिएको अवस्थामा ती बालिकाको सोमबार उद्धार गरिएको पर्सा प्रहरीले जनाएको छ।



    माइती नेपालको समन्वयमा बालिकालाई उद्धार गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।



    ती बालिकालाई भारत लैजान खोज्ने अर्घाखाँची सन्धिखर्क-७ घर भई हाल भरतपुर उपमहानगरपालिका-१ बस्ने २८ वर्षीय राजु अधिकारी पक्राउ परेका छन् । खनालका अनुसार ती बालिकालाई अधिकारीले इनर्वा नाका हुँदै भारत लैजान लागेका थिए।

    बालिका अहिले माइती नेपालको साथमा छिन् । अधिकारीलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार