Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सप्ताहव्यापी खुला रक्तदान अभियान सुरू

    ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सप्ताहव्यापी खुला रक्तदान अभियान सुरू

    अनलाइन नेपाल
  • बिहिबार, १३ माघ २०७८
  • 831
    SHARES

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली निवास अगाडिबाट बुधबार राष्ट्रिय युवा सङ्घ नेपालले सप्ताहव्यापी खुला रक्तदान अभियान सुरू गरेको छ ।

    सङ्घले पार्टी अध्यक्ष ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपत्यकामा बढ्दो रगत अभावलाई कम गर्ने उद्देश्यले बुधबारदेखि अभियान सुरु गरेको हो ।



    बालकोटस्थित ओली निवास अगाडिबाट सुरु भएको अभियानअन्तर्गत रक्तदान कार्यक्रममा सहभागीलाई हौसला प्रदान गर्दै उनले राम्रा कामका लागि सधैँ अगाडि बढ्न युवालाई शुभकामना दिए ।



    कार्यक्रममा एमालेका पोलिटब्युरो सदस्य एवं सङ्घीय सांसद महेश बस्नेतले युवा रगत मात्रै नभई आवश्यक परे देशका लागि बलिदान गर्न तयार भएको र सधैँ सकारात्मक कामका लागि युवा सङ्घ अगाडि बढ्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार