Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • कोरोनाविरुद्धको दुई फरक खोप ‘मिक्स’ गरेर बुस्टर खोप दिइने

    कोरोनाविरुद्धको दुई फरक खोप ‘मिक्स’ गरेर बुस्टर खोप दिइने

    अनलाइन नेपाल
  • शनिबार, १५ माघ २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारले कोरोनाविरुद्धको भेरोसेल खोप लगाएका ६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई बुस्टर डोजको रुपमा कोभिशिल्ड वा अस्ट्राजेनेका खोप दिने निर्णय गरेको छ ।

    कोभिडविरुद्ध कोभिशिल्ड, अस्ट्राजेनेका, मोडर्ना, फाइजर र भेरोसेल खोप लगाएका सबै ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई बुस्टरमा कोभिशिल्ड वा अस्ट्राजेनेकाको खोप दिने सरकारले निर्णय गरेको हो ।



    राष्ट्रिय खोप समितिको सल्लाह अनुसार मन्त्रीस्तरीय निर्णय गर्दै सरकारले भेरोसेल खोपको दुबै मात्रा पूरा गरेका ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई बुस्टर डोजको रुपमा कोभिशिल्ड वा अस्ट्राजेनेका खोप दिने निर्णय गरेको हो ।



    मन्त्रालयले पहिलो मात्रा खोप लगाएकाहरुलाई दोस्रो मात्रा सोही खोप नभएमा कोभिशिल्ड वा अस्ट्राजेनेकाको खोप दिने पनि निर्णय गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार