Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • ‘बुस्टर डोज’का लागि खोप ल्याउने प्रक्रिया सुरु, ‘गाभी’लाई सरकारको पत्र

    ‘बुस्टर डोज’का लागि खोप ल्याउने प्रक्रिया सुरु, ‘गाभी’लाई सरकारको पत्र

    अनलाइन नेपाल
  • शुक्रबार, १५ पुष २०७९
  • 1K
    SHARES

    काठमाडौं । सरकारले छिमेकी देश भारत र चीनमा कोरोना भाइरस सङ्क्रमण बढिरहेकाले अतिरिक्त मात्रा (बुस्टर डोज) का लागि खोप ल्याउने प्रक्रिया सुरु गरेको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुस्टर डोजका लागि खोप ल्याउन औपचारिकरुपमा ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स ‘गाभी’लाई पत्र लेखेको हो ।



    स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको खोप शाखाका प्रमुख सागर दाहालले बिहीवार हिजो १५ लाख खोपका लागि ‘गाभी’ लाई पत्र पठाइएको जानकारी दिए ।



    उनले खोपबारे जानकारी प्राप्त भइसकेपछि चाँडै नै खोप नेपाल ल्याउने बताए । सरकारले बुस्टर डोजका लागि मात्र प्रयोग हुने फाइजर खोप ल्याउन थालेको हो । औषधि व्यवस्था विभागले बुस्टर डोजका लागि मात्र प्रयोग गरिने भएकाले ‘आकस्मिक अनुमति प्रयोग’ पत्र दिएपछि खोप शाखाले कोभ्याक्सलाई पत्र पठाएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार