Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको मन्त्री आलले गरे निरीक्षण, छिटो काम सम्पन्न गर्न निर्देशन

    गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको मन्त्री आलले गरे निरीक्षण, छिटो काम सम्पन्न गर्न निर्देशन

    अनलाइन नेपाल
  • शनिबार, १५ माघ २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । मन्त्री आलेसहितको टोलीले आज निर्माणधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका हुन् ।

    मन्त्री आलेले बाँकी काम छिटो भन्दा छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् । उनले यही फागुन ९ गते क्यालिब्रेसन फ्लाइट हुने जानकारी दिए ।



    छिटो भन्दा छिटो अन्तर्राष्ट्रिय उडान हुने बताउँदै मन्त्री आलेले आउने बुद्ध जयन्तीमा अन्तर्राष्ट्रिय उडान ल्याउने तयारी भइरहेको समेत बताए ।



    गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख इन्जिनियर प्रवेश अधिकारीले आयोजनाको भौतिक प्रगति, उपकरण जडानका सम्पूर्ण काम सकिएको र हस्तान्तरण गर्ने तयारी भएको जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार